Author

Srijana Puri

S

झपट रावलको ओलीलाई कडा प्रश्न, ‘आवाराहरुको अध्यक्षलाई चाँही के भन्ने ?’

काठमाडौं, ३१ साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘आवारा’ हरूले आफुलाई हटाउन खोजेको अभिब्यक्ति दिए पछि एमाले नेता झपट रावलले चार बुदेँ प्रस्ताव अगाडी राखेका छन्। हिजो इलामको कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले आफुलाई ‘च्यासलको क्यान्टिनमा बसेर आवारा’हरूले हटाउन खोजेको अभिब्यक्ति दिए पछि यतिखेर नेता तथा कार्यकर्ताले सामाजिक सञ्जालवाट प्रश्न उठाइरहेको बेला रावलले पनि सो बारेमा टिप्पणी गरेका...

पश्चिम बंगालका पुर्व सभामुखले पार्टी कार्यालयमा गरे आत्महत्या

कोलकत्ता, ३१ साउन । पश्चिम बंगाल विधानसभाका पूर्व उपसभामुख आशिष ब्यानर्जीको शंकास्पद परिस्थितिमा मृत्यु भएको छ। आइतबार बिहान वीरभूम जिल्लास्थित तृणमूल कांग्रेसको कार्यालयमा उनको शव झुन्डिएको अवस्थामा फेला परेको थियो। आशिष ब्यानर्जी रामपुरहाटको वडा नम्बर ५ अन्तर्गत हत्तलापाडा क्षेत्रमा बसोबास गर्थे। तृणमूल कांग्रेसको पार्टी कार्यालय उनको घर नजिकै अवस्थित थियो। प्रहरीका अनुसार अगस्ट १६ को बिहान...

श्रीमती आहुजाले नै ‘सुगर डयाडी’ भने पछि रिसाए गोबिन्दा, भडकिदै आए भिडियोमा

मुम्बई, ३१ साउन । बलिउड अभिनेता गोविन्दा लामो समय देखि आफ्नो व्यक्तिगत जीवनलाई लिएर चर्चामा छन्। उनको नाम प्रायः अभिनेत्री कोमल रानीसँग जोडिँदै आएको छ र उनीहरूबीचको कथित सम्बन्धबारे सञ्चारमाध्यममा व्यापक चर्चा चलिरहेको छ।  यसैबीच, उनीहरू दुई पटक विमानस्थलमा सँगै देखिएका थिए। सुनिता आहुजाले अभिनेतामाथि कडा आक्रोश पोखिन् र अभिनेत्री कोमललाई पनि छोडिनन्, उनले गोविन्दालाई कोमलको ‘सुगर ड्याडी’...

खाना पकाउन नपाएको भन्दै हर्क साम्पाङको प्रश्न, ‘ग्याँस दिने कि राजिनामा, प्रिय बालेन ?’

काठमाडौं, ३१ साउन । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले ग्याँस नहुदाँ खान नपाएको बताएका छन् । नेपाली बजारमा खान पकाउने ग्याँस नहुदाँ समस्या परिरहेको बेला सांसदसमेत रहेका साम्पाङले खाना खान नै समस्या भएको बताएका हुन ।  ‘ग्याँस छैन, भात खाइँन, मेरो पाप् लाग्छ तिम्लाई’ साम्पाङले आफ्नो पीडा पोख्दै भनेका छन, ‘ग्याँस दिने कि राजिनामा, प्रिय बालेन ?’ बालेन्द्र शाह नेतृत्वको सरकारले ग्याँस...

अस्ट्रेलियाविरुद्ध बंगलादेशको ऐतिहासिक जित

काठमाडौँ । बंगलादेशले अस्ट्रेलियालाई डर्विनमा भएको पहिलो टेस्टमा नौ विकेटले पराजित गर्दै अस्ट्रेलियाको भूमिमा पहिलो टेस्ट जित हात पारेको छ । अस्ट्रेलियामा बंगलादेशको यो तेस्रो प्रयासमा पहिलो जित हो । यसअघि नौ वर्षअघि घरेलु मैदानमा पनि बंगलादेशले अस्ट्रेलियालाई टेस्टमा हराएको थियो । अस्ट्रेलियाले दोस्रो इनिङमा २८४ रनमा सबै विकेट गुमाएपछि बंगलादेशले जितका लागि ५७ रनको लक्ष्य पाएको थियो । जसलाई एक...

पोखरामा बहुउद्देश्यीय ‘पोखरा घर’ सञ्चालनमा

पोखरा । पोखराको साहित्य, कला, सङ्गीत, संस्कृति तथा पर्यटकीय गतिविधिलाई एउटै स्थानबाट संरक्षण, विकास र प्रवर्द्धन गर्ने उद्देश्यले पोखरा महानगरपालिकाले निर्माण गरेको बहुउद्देश्यीय ‘पोखरा घर’ सञ्चालनमा आएको छ ।  पोखरा–९ पृथ्वीचोकमा निर्माण गरिएको ‘पोखरा घर’मा भूमिगत पार्किङ, कोसेली घर, एकीकृत सूचना केन्द्र, पोखरा सार्वजनिक पुस्तकालय, पोखरा प्रज्ञा प्रतिष्ठान, कला प्रदर्शनी कक्ष, टिकट कक्ष...

विराटनगरबाट सुरु भयो ‘शिक्षा संवाद’

विराटनगर । शिक्षा तथा खेलकुद मन्त्रालयको आयोजनामा प्रस्तावित शिक्षा ऐन निर्माणअघि शिक्षा क्षेत्रका सरोकारवालासँग प्रत्यक्ष संवाद गर्ने उद्देश्यले सुरु गरिएको ‘शिक्षा संवाद’ कार्यक्रम विराटनगरमा सम्पन्न भएको छ। आदर्श माध्यमिक विद्यालय, विराटनगरमा आयोजित कार्यक्रममा स्थानीय विद्यालयका प्रधानाध्यापक, शिक्षक, विद्यार्थी, अभिभावक लगायत शिक्षा क्षेत्रका विभिन्न सरोकारवालाको सहभागिता रहेको थियो।...

सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार सुनको मुल्य तोलाको ३६ सयले बढेर तोलाको ३ लाख ५ हजार २ सयमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार सुन तोलाको ३ लाख १ हजार ६ सयमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मुल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ५० रुपैयाँले बढेर तोलाको ४७१० मा कारोबार भइरहेको छ । यसअघि शुक्रबार चाँदी...

जाजरकोटको पहिरो अपडेट: मृत्यु हुनेको संख्या तीन पुग्यो, दुई जना अझै बेपत्ता

जाजरकोट । अविरल वर्षापछि जाजरकोटको भेरी नगरपालिका–२ रिसाङमा आएको लेदोसहितको पहिरोमा परी मृत्यु हुनेको संख्या तीन पुगेको छ । पहिरोमा परी बेपत्ता भएका दुई जनाको खोजी कार्य जारी रहेको छ । शनिबार साँझ ५: ३० बजे आएको पहिरोमा परी स्थानीय ६२ वर्षीय रामबहादुर शाही, ४५ वर्षीय सिद्धिबहादुर कामी, ५८ वर्षीया कमला कार्की, २३ वर्षीया अनिता कार्की, १० वर्षीय युनिस शाही, ४५ वर्षीया सुन्तली चदरा र ६१ वर्षीया...

एभरेष्ट महिला भलिबल लिगको तेस्रो संस्करण असोजमा हुने

काठमाडौं । एभरेष्ट महिला भलिबल लिगको तेस्रो संस्करण आगामी असोज १५ देखि २४ गतेसम्म काठमाडौंमा आयोजना हुने भएको छ ।  आयोजक इन्फिनिटी ड्रिम्सले तेस्रो संस्करण आगामी असोज १५ देखि २४ गतेसम्म अर्थात अक्टोबर १ देखि १० सम्म त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सञ्चालन हुने जानकारी दिएको हो ।  नेपाल भलिबल संघबाट स्वीकृति पाएसँगै लिगको तेस्रो संस्करणका लागि आवश्यक तयारी औपचारिक...

नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।