काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा नयाँ बाटो खोली दुईतर्फी यातायात सञ्चालनमा आउनु सकारात्मक भएको बताएका छन् । भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीले सडक कटान गरेपछि कृष्णभीरमा यातायात अवरुद्ध भएको थियो । सडक बन्द हुँदा आवागमनसँगै दैनिक उपभोग्य वस्तुको ढुवानीमा समेत असर परेको थियो । घिसिङले कृष्णभीरको भौगोलिक तथा भूगर्भीय जोखिमलाई...









