काठमाडौं । सिंगापुर सरकारले मानिसलाई किताब तथा लामो लेख पढ्ने बानी विकास गराउन पढेबापत नगद पुरस्कार दिने योजना सुरु गरेको छ । योजनाअन्तर्गत सहभागीले दैनिक कम्तीमा १५ मिनेट किताब वा लामो लेख पढ्नुपर्नेछ । पढेको समय सरकारी वेबसाइटमा दर्ता गरेपछि पुरस्कार अंक प्राप्त हुनेछन् । ती अंकलाई पछि नगदमा परिणत गर्न सकिनेछ । हरेक दिन १५ मिनेट पढे २० भर्चुअल सिक्का प्राप्त हुनेछन् । ५० दिनसम्म लगातार दैनिक १५...










