उदयपुर । उदयपुरको बेलका नगरपालिका–५ जहडामा अटो र बस एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । सोमबार बिहान करिब ९: ४५ बजे सुपाडेबाट लालबजारतर्फ आउँदै गरेको अटो र विपरीत दिशाबाट जाँदै गरेको सफल आदर्श इङ्लिस बोर्डिङ स्कुलको बस ठोक्किँदा दुर्घटना भएको हो। दुर्घटनामा बेलका नगरपालिका–५ मैनीकी ३४ वर्षीया मन्दिरा मगर र अटोमा सवार पहिचान नखुलेकी अर्की महिलाको उपचारका क्रममा...










