सुभाष कायस्थजनकपुरधाम, ९ भदौ । विभिन्न मुद्दामा अदालतबाट कैद तथा जरिवानाको फैसला भएपछि फरार रहेका ६ जना प्रतिवादीलाई धनुषा प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डिएसपी ओमप्रकाश खनाल अनुसार प्रहरी टोलीले खोजतलासका क्रममा उनीहरूलाई पक्राउ गरिएको र आवश्यक कारवाहीका लागि पेश गरिएको छ । पक्राउ परेकामध्ये एक जना कुटपिट मुद्दामा १ वर्ष कैद र १० हजार रुपैयाँ जरिवाना...
तीन महिनामा मात्रै सुर्खेत प्रहरीद्वारा १६४ जना पक्राउ
सुर्खेत, ९ भदौ ।कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा पछिल्लो समयमा आपराधिक गतिविधि बढ्दै गएको पाइएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार २०८३ जेठ ८ गतेदेखि भदौ ८ गतेसम्ममात्रै १६४ जना पक्राउ परेका छन् । प्रहरीका अनुसार जेठ ८ गतेदेखि असार मसान्तसम्म जिल्ला प्रहरी कार्यालयले १४७ ओटा मुद्धा दर्ता गरेको थियो । ती मध्ये उक्त आर्थिक वर्ष २०८२÷०८३ को असार मसान्तसम्म ७४ ओटा फछ्र्योट भए भने ७३...
अहिलेसम्मकै सबैभन्दा ठूलो अमेरिकन आर्थिक आक्रमणको सामना गर्न इरान तयार
तेहरान, ९ भदाैं । अमेरिकाले इरानविरुद्ध ‘इकोनोमिक डी डे’ अर्थात निर्णायक आर्थिक प्रहारको घोषणा गर्दै उसका समर्थकहरूलाई धम्की दिए पछि इरानले थपिएका प्रतिबन्धहरूको सामना गर्न आफूसँग दुई वर्षे योजना रहेको बताएको छ। अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले यसलाई ‘अहिलेसम्मकै सबैभन्दा ठूलो वित्तीय आक्रमण’ भने पछि जवाफमा इरानका अर्थमन्त्री अली मदानीजादेहले इरान अमेरिकी प्रतिबन्धहरूको सामना गर्न पूर्ण रूपमा...
हर्क साम्पाङको प्रश्न- प्रधानमन्त्री मुस्ताङमा के खान जानु भएको हो ?
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री बालेन्द्र शाह मुस्ताङ गएको विषयमा प्रश्न उठाएका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा विशेष समयमा बोल्दै अध्यक्ष साम्पाङले प्रधानमन्त्री पदको निजी जीवन नहुने भन्दै मुस्ताङ गएको विषयमा सदनमा जवाफ दिनुपर्ने बताएका हुन् । उनले भने- ‘प्रधानमन्त्री ज्यू आफ्नो निजी भ्रमणमा उता जानु भयो भन्ने कुरा आएको छ, प्रधानमन्त्री भन्ने...
‘नक्कल पारी’ सार्वजनिक, ‘माया भनेको यस्तो होला’को तीज विशेष रिलिज
काठमाडौं, ८ भदौं । अभिनेत्री रेखा थापाको निर्देशनमा तयार भएको नेपाली चलचित्र ‘माया भनेको यस्तो होला’को तीज विशेष गीत ‘नक्कल पारी’ सार्वजनिक भएको छ। तीज पर्वलाई लक्षित गर्दै तयार पारिएको गीत बुढासुब्बा डिजिटलको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। गीतको भिडियोमा चलचित्रका कलाकारहरू नीति शाह, सृष्टि श्रेष्ठ र नम्रता खुशी लगायतलाई देख्न सकिन्छ। ‘नक्कल पारी’मा शान्तिश्री परियार र...
कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत पाएका छन् । कोशी प्रदेश सभामा भएको मत विभाजनमा मुख्यमन्त्री कार्कीले विश्वासको मत पाएका हुन् । मत विभाजनमा विश्वासको मतको पक्षमा ५७ मत परेको थियो भने विपक्षमा २२ मत परेको थियो । त्यस्तै ४ मत तटस्थमा परेको थियो । ९२ सदस्य कायम रहेको कोशी प्रदेश सभाको आजको मत विभाजनमा ८३ सांसद उपस्थित रहेका थिए । ९२...
देउवा र खड्काले सर्वोच्चमा बुझाए महाधिवेशन रोक्ने रिट
काठमाडौँ । काँग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीको १५औं महाधिवेशन रोक्न माग गर्दै सर्वोच्च अदालत रिट पेश गरेका छन् । सोमबार देउवा र खड्काले अलग अलग रिट पेश गरेका हुन् । नेता खड्काले सर्वोच्चमा विचाराधीन मुद्दासँगै राखेर सुनुवाइ गर्न माग गर्दै पूरक रिट दर्ता गर्न निवेदन दिएका हुन् । त्यस्तै अर्का नेता दीपक खड्काले देउवाको तर्फबाट रिट पेस...
नेप्सेमा आज गिरावट आएको छ ।
हेटौँडा । बागमती प्रदेश सभाको बैठक सरेको छ । यसअघि दिउसो १ बजेका लागि तोकिएको बैठक साँझ ५ बजेसम्मकालागि सारिएको प्रदेश सभा सचिवालयले जानकारी दिएको हो । आजको बैठकमा बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले विश्वासको मत लिने कार्यसूची रहेको छ । यसअघि दिउँसो १ बजे बस्ने भनिएको प्रदेश स्वाहा राप्रपाको विवादका कारण बस्न नसकेको बुझिएको छ । राप्रपाको एक पक्षले संसदीय दलका नेता उद्धव...
नेप्से १९ अंकको गिरावट, ३ अर्ब २३ करोडको कारोबार
काठमाडौँ । नेप्सेमा आज गिरावट आएको छ । आज सोमबार नेप्से १९.१३ अंकले घटेर २५९९.५८ विन्दुमा पुगेर रोकिएको छ । आज ३५० कम्पनिका ८५ लाख ७२ हजार ९७० कित्ता शेयर ३ अर्ब २३ करोड ९७ लाख ६० हजार ५४९ मा कारोबार भएको थियो । आज सबै क्षेत्रको शेयर मुल्य घटेको छ । आज, सबैभन्दा बढी सर्वोत्तम पेन्ट्सको शेयर १४.९९ प्रतिशतले बढेको छ भने धौलागिरी लघुवित्तको शेयर ११.९८ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी...
सरकारी खुकुलो नीतिले स्थानिय तहको बेरूजु बढदो
सञ्जय मिश्रारौतहट, ८ भदौ ।रौतहटका स्थानीय तहमा बेरुजुको रकम वर्षेनी बढ्दै गएको पाइएको छ। महालेखापरीक्षकको कार्यालयको आर्थिक वर्ष २०८१/८२ को लेखापरीक्षण प्रतिवेदनले जिल्लाका विभिन्न पालिकामा ठूलो परिमाणमा बेरुजु देखाएको हो। वर्षौँदेखि फर्छ्योट हुन नसकेको पुरानो बेरुजुमाथि नयाँ रकम थपिँदै जाँदा स्थानीय तहको वित्तीय व्यवस्थापन र आर्थिक अनुशासनमाथि प्रश्न उठेको छ। उपलब्ध विवरणअनुसार गढीमाई नगरपालिका...

