२४ घण्टामा देशभर भएका सवारी दुर्घटनामा ६ जनाको मृत्यु, ११६ घाइते

काठमाडौं, २५ भदौ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ भने ११६ जना घाइते भएका छन्।

नेपाल प्रहरीका अनुसार दुर्घटनामा परी बागमती प्रदेशमा दुई जनाको मृत्यु भएको छ भने मधेश, लुम्बिनी, गण्डकी र काठमाडौं उपत्यकामा एक-एक जनाको ज्यान गएको छ।

त्यस्तै देशभर भएका दुर्घटनामा ११६ जना घाइते भएका छन्। प्रहरीका अनुसार मधेश प्रदेशमा सबैभन्दा बढी ३० जना घाइते भएका छन्। यसैगरी कोशीमा २४, लुम्बिनीमा २३, सुदूरपश्चिममा १४, काठमाडौं उपत्यकामा ११, बागमतीमा ५, गण्डकीमा ५ र कर्णाली प्रदेशमा ४ जना घाइते भएका छन्।

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।