Author

Srijana Puri

S

भोटेकोशी बाढी: सम्पर्कविहीन हुनेको संख्या ४ हजार नाघ्यो

काठमाडौँ । भोटेकोशी बाढीपछि सम्पर्कविहीन हुनेको संख्या ४ हजार नाघेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले दिएको पछिल्लो अपडेट अनुसार बाढी तथा विपद्का कारण अहिलेसम्म ४ हजार २४७ जना सम्पर्कविहीन भएका हुन् । सम्पर्कविहीन हुनेमा जलविद्युत् आयोजनामा कार्यरत ९३३ जना, रसुवाका ८६५, मकवानपुरका ६५ र नुवाकोटका १५५८ जना रहेका छन् । त्यस्तै, नेपाल सेनाका ४५, नेपाल प्रहरीका २७...

एसीसी प्रिमियर कपमा नेपालको विजयी शुरुवात

काठमाडौं । नेपालले मलेसियामा जारी एसीसी प्रिमियर कपमा विजयी शुरुवात गरेको छ । सोमबार सम्पन्न बहराइनविरुद्धको खेल ७ विकेटले जितेर नेपालले प्रतियोगितामा विजयी शुरुवात गरेको हो । बहराइनले नेपाललाई दिएको ८८ रनको लक्ष्य पछाएको नेपालले २१ ओभरमा ३ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।  नेपालका लागि अर्जुन कुमालले अविजित ३६ रन बनाएका थिए भने रोहित पौडेलले अविजित १९ रन बनाए । त्यस्तै आसिफ सेखले...

विपत्तिमा राजनीति बन्द गर, जनताको भावनामा खेलबाड नगर : विष्णु रिमाल

काठमाडौं, १५ भदौ । नेकपा एमालेका नेता विष्णु रिमालले विपद्का बेला राजनीति बन्द गरी उद्धार, राहत तथा पुनर्स्थापनाका कामलाई प्रभावकारी रूपमा अघि बढाउन सरकारसँग आग्रह गरेका छन्।  विपत्तिको समयमा जनताको भावनासँग खेलबाड नगर्न चेतावनी दिँदै उनले उद्धार (रेस्क्यु), राहत (रिलिफ) र पुनर्स्थापना (रिहाबिलिटेसन) का कार्यहरू एकीकृत रूपमा सञ्चालन हुनुपर्नेमा जोड दिएका छन्। नेता रिमालले विपद् व्यवस्थापनका...

तिब्बत पहिरोः हालसम्म १६ को मृत्यु, खोजी/उद्धारमा ३९ सय उपकरण परिचालन

तिब्बत, १५ भदौ । दक्षिण(पश्चिम चीनको सिजाङ (तिब्बत) स्वायत्त क्षेत्रमा पर्ने गिरोङ बन्दरगाहमा गएको पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या १६ पुगेको छ। यतिवेला हजारौँ उद्धारकर्मीहरू हराइरहेका मानिसहरूको खोजीका लागि समयसँग प्रतिस्पर्धा गर्दै जुटिरहेका छन्।  आइतबार गिरोङ काउन्टीमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार खोजी तथा उद्धार कार्यका लागि कुल २,१४१ जनशक्ति, २६९ वटा उद्धार सवारीसाधन...

नुवाकोट र रसुवाका साना नदीमा आज आकस्मिक बाढीको उच्च जोखिम, सतर्कता अपनाउन महाशाखाको अपिल

काठमाडौं, १५ भदौ । वर्षासँगै देशका विभिन्न जिल्लामा आज (भदौ १५) आकस्मिक बाढीको जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ। केही साना तथा ठूला नदीहरूमा पानीको बहाव उल्लेख्य बढ्ने सम्भावना रहेकाले जलतटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। विशेष गरी नुवाकोट र रसुवा भई बहने साना नदीहरूमा बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको उच्च सम्भावना रहेको पूर्वानुमान गरिएको...

भीषण बाढीपछि माथिल्लो त्रिशूली–१ मा कार्यरत भारतीय नागरिक बेपत्ता,  परिवार अनिश्चिततामा

सञ्जय मिश्रा रौतहट, १५ भदौ । रसुवास्थित माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा प्रशासनतर्फ कार्यरत ४२ वर्षीय भारतीय नागरिक रामप्रसाद घोष भोटेकोशी नदीमा आएको भीषण बाढीपछि सम्पर्कविहीन भएका छन्। गत १० भदौमा आएको विनाशकारी बाढीपछि घोषको मोबाइल सम्पर्कविहीन छ। बाढी आउनुभन्दा एक दिनअघि अर्थात् ९ भदौ साँझ परिवारसँग भएको कुराकानी नै उनीसँगको अन्तिम सम्पर्क बनेको परिवारले जनाएको छ। त्यसपछि पटक–पटक...

गुल्मीमा टिप्पर र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, चालक नियन्त्रणमा

गुल्मी, १५ भदौ । गुल्मीको धुर्कोट गाउँपालिका-५, डुकुर्तीमा टिप्पर र मोटरसाइकल एक आपसमा ठोक्किँदा गम्भीर घाइते भएका एक जनाको उपचारका क्रममा मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक (डीएसपी) वीरेन्द्रवीर विश्वकर्माका अनुसार आइतबार साँझ तम्घासबाट सिमलटारीतर्फ जाँदै गरेको लु १ क ४४४८ नम्बरको टिप्पर र विपरीत दिशाबाट आउँदै गरेको लु ६ प २७२६ नम्बरको...

मान्छेको जीवन बचाउनु नै अहिलेको पहिलो प्राथमिकता, उद्धार र राहतमा जुट्न ज्ञानेन्द्र शाहीको अपिल

काठमाडौं, १५ भदौ । राष्ट्र्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले विपद्मा परेका नागरिकको उद्धार तथा सहयोगमा जुट्न देश-विदेशमा रहेका सम्पूर्ण नेपालीलाई अपिल गरेका छन्। सञ्चारमाध्यमहरूमा ठूलो सङ्ख्यामा नागरिक बेपत्ता रहेको सूचना सार्वजनिक भइरहेको भन्दै उनले यो कठिन समयमा दलीय घेराभन्दा माथि उठेर सबैले हातेमालो गर्दै नागरिकको जीवन रक्षामा केन्द्रित हुनुपर्ने...

लराक आक्रमणको बदलाः जोर्डनमा अमेरिकी अखडा माथि इरानी हमला

तेहरान, १५ भदौ । आइतबार अघिल्लो प्रहरमा दक्षिणी इरानको लराक टापुमा भएको अमेरिकी आक्रमणको जवाफमा जोर्डनस्थित दुई अमेरिकी सैन्य अखडामा क्षेप्यास्त्र प्रहार गरिएको इरानले जनाएको छ। इरानी समाचार संस्थाहरूद्वारा आइतबार सार्वजनिक एक विज्ञप्तिमा इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) ले आक्रमणकारीलाई सजाय नाम दिइएको उक्त संयुक्त क्षेप्यास्त्र तथा ड्रोन कारबाहीले जोर्डनस्थित किङ हुसेन र अल अजराक...

भोटेकोशी बाढी : ९०३ जनाको शव फेला, ४ हजार २४७ अझै सम्पर्कविहीन

काठमाडौं, १५ भदौ । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण हालसम्म ९०३ जनाको मृत्यु भएको छ भने ४ हजार २४७ जना अझै सम्पर्कविहीन रहेका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार हालसम्म १० हजार ४५१ जनाको सकुशल उद्धार गरिएको छ। प्राधिकरणका अनुसार फेला परेका ९०३ वटा शवमध्ये सबैभन्दा धेरै चितवनमा २७२ र नवलपरासी पूर्वमा २०७ जना रहेका...

नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।