सञ्जय मिश्रा रौतहट, १५ भदौ । रसुवास्थित माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनामा प्रशासनतर्फ कार्यरत ४२ वर्षीय भारतीय नागरिक रामप्रसाद घोष भोटेकोशी नदीमा आएको भीषण बाढीपछि सम्पर्कविहीन भएका छन्। गत १० भदौमा आएको विनाशकारी बाढीपछि घोषको मोबाइल सम्पर्कविहीन भएको छ। बाढी आउनुभन्दा एक दिनअघि अर्थात् ९ भदौ साँझ परिवारसँग भएको कुराकानी नै उनीसँगको अन्तिम सम्पर्क बनेको परिवारले जनाएको छ। त्यसपछि पटक-पटक...










