सुन तोलाको १७ सय र चाँदी ८५ रुपैयाँले बढ्यो

काठमाडौं, ३१ भदौ । नेपाली बजारमा बुधबार सुन र चाँदी दुवैको मूल्य बढेको छ।

मंगलबारको तुलनामा आज छापावाल सुनको मूल्य तोलामा एक हजार सात सय रुपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य तोलामा तीन लाख एक हजार आठ सय रुपैयाँमा किनबेच भइरहेको छ। मंगलबार सुन तीन लाख एक सय रुपैयाँमा कारोबार भएको थियो।

बुधबार चाँदी तोलामा ८५ रुपैयाँ बढेको छ। मंगलबार प्रतितोला चार हजार ६०० रुपैयाँमा किनबेच भएको चाँदी आज चार हजार ६८५ रुपैयाँ कायम भएको छ।

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।