आयल निगमको डिजेल चोरी गरेको आरोपमा तीन ट्याङ्करसहित एक जना पक्राउ

बुटवल । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–८ स्थित नेपाल आयल निगमका ट्याङ्करबाट डिजेल निकालिरहेको अवस्थामा प्रहरीले तीनवटा ट्याङ्करसहित एक जनालाई नियन्त्रणमा लिएको छ ।

मंगलबार निगमका ट्याङ्करबाट डिजेल निकालिरहेको अवस्थामा करिब ३० लिटर डिजेलसहित तीनवटा ट्याङ्कर र एक जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

लुम्बिनी प्रदेश प्रहरी कार्यालय र वडा प्रहरी कार्यालय भैरहवाबाट खटिएको संयुक्त टोलीले ट्याङ्करको सिल तोडिएको र पेट्रोलियम पदार्थ निकालिरहेको अवस्थामा फेला पारेको थियो ।

घटनास्थलमा दुईवटा ट्याङ्कर फेला परेका थिए भने अर्को ट्याङ्कर भागेकोमा प्रहरीले पछ्याएर नियन्त्रणमा लिएको हो। नियन्त्रणमा लिइएका ट्याङ्कर र व्यक्तिमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।