Author

Srijana Puri

S

चलचित्र ‘बा : एक योद्धा’को प्रदर्शन स्थगित

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण चलचित्र ‘बा : एक योद्धा’को प्रदर्शन स्थगित गरिएको छ । निर्माण पक्षले एक विज्ञप्ति जारी गर्दै गत भदौ १० गते आएको बाढीबाट भएको अकल्पनीय जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै देशको एक भूगोल विपत्तिमा परेका बेला सामाजिक तथा पारिवारिक कथावस्तुमा आधारित चलचित्र प्रदर्शन गर्नु उपयुक्त नहुने निष्कर्ष निकाल्दै चलचित्रको प्रदर्शन स्थगित गरिएको निर्माण...

नेपाली दुताबास पुगेर भारतीय रक्षामन्त्री सिंहले दिए बाढीपीडितप्रति समवेदना

काठमाडौँ । भारतका रक्षामन्त्री राजनाथ सिंहले नयाँदिल्लीस्थित नेपाली राजदूतावासको भ्रमण गरी नेपालमा हालै आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन् । भ्रमणका क्रममा सिंहले भारत सरकार र जनताका तर्फबाट शोक पुस्तिकामा हस्ताक्षर गर्दै बाढीमा ज्यान गुमाएका नेपालीप्रति श्रद्धाञ्जली अर्पण गरेका हुन् । उनले बाढीबाट भएको ठूलो जनधनको क्षतिप्रति गहिरो समवेदना व्यक्त गर्दै...

संसद बैठक छिटो बोलाउन काँग्रेसको माग, सभामुखसँग छलफल गर्ने

काठमाडौं । नेपाली कांग्रेसले छिटोभन्दा छिटो संसदको बैठक आह्वान गर्न सभामुखसँग छलफल गर्ने निर्णय गरेको छ । सोमबार सिंहदरबारमा बसेको कांग्रेस संसदीय दलको बैठकले विपद्का बेला भइरहेका सरकारी तथा गैरसरकारी कामकारबाहीबारे आम जनतालाई स्पष्ट जानकारी दिन सदन तत्काल सञ्चालन हुनुपर्ने निर्णय गर्दै सभामुखसँग छलफल गर्ने निर्णय गरिएको प्रमुख सचेतक बासना थापाले जानकारी दिएकी छन् । उनले भनिन्-‘ अब सदन...

बक्स अफिसमा गौथलीकै दबदबा, मास्टर्नीले कति कमायो ?

काठमाडौँ । गत साताको नेपाली बक्स अफिसको रिपोर्ट सार्बजनिक भएको छ ।  चलचित्र विकास बोर्डले सार्वजनिक गरेको भदौ १४ गते आइतबारसम्मको चलचित्र गौथली, मास्टर्नी, हली र लज्जावतीको बक्स अफिस रिपोर्ट सार्बजनिक गरेको हो ।  जसअनुसार गौथलीले बक्स अफिसमा शानदार कमाई जारी राखेको छ । साउन १ गतेदेखि प्रदर्शन भएको गौथलीले बक्स अफिसमा अहिलेसम्म २५ करोड ६८ लाख ६२ हजार कमाई गरेको छ । त्यस्तै यस फिल्मले ९...

नारायण अस्पतालवाट शिशु चोरी

सञ्जय मिश्रारौतहट, १५ भदौ ।वीरगञ्जस्थित नारायणी अस्पतालबाट नवजात शिशु चोरी भएको घटना सार्वजनिक भएको छ । शिशुलाई अस्पतालबाट लिएर फरार भएकी एक महिलाको प्रहरीले खोजी गरिरहेको छ । प्रारम्भिक विवरणअनुसार भदौ १४ गते अपराह्न करिब ४ बजेतिर ती महिलाले आफन्तसँग शिशु खेलाउने बहाना बनाई नवजात शिशुलाई लिएर अस्पतालबाट बाहिरिएको बताइएको छ । प्रहरीका अनुसार शिशु लिएर फरार भएकी महिला करिब ३० देखि ३५ वर्ष उमेरकी र...

प्रधानमन्त्री शाहले सुरक्षा प्रमुखसँग ब्रिफिङ लिने क्रम जारी

काठमाडौं, १५ भदौं ।रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण निम्तिएको संकट समाधान र व्यवस्थापनका लागि सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहज्यूले देशका सुरक्षा निकायका प्रमुखहरूसँग आज एकपछि अर्को गरी संघन छलफल गरिरहेका छन् ।  प्रधानमन्त्री शाहले  केही बेर अघि प्रधान सेनापति अशोकराज सिग्देलसँग रसुवा बाढी प्रभावित क्षेत्रमा हालसम्म भएका खोजी, उद्धार, राहत तथा घाइतेहरूको...

गोरखाको चुमनुब्रीमा ठुलो पहिरो, सतर्कता अपनाउन आग्रह

गोरखा । गोरखाको चुमनुब्री गाउँपालिका–७ छेकम्पारस्थित चौँरीखर्कपारि ठूलो पहिरो खसेपछि केही समय बूढीगण्डकीको सहयक नदी स्यारखोला थुनिएको छ । सोमबार बिहान करिब १० बजे पहिरो खसेपछि पहिरो स्यार खोलाको छेउसम्म आइपुगेको स्थानीयले जानकारी दिएका छन् । पहिरो ठूलो भए पनि अहिले नदीमा ताल बनेको अवस्था नरहेको र नदी ठाडो भएकाले पानी साविककै रूपमा बगिरहेको स्थानीयले बताएका छन् । जिल्ला प्रहरी कार्यालय गोरखाले...

रसुवागढी आयोजना काेही नभेटिए पछि धुन्चे फर्कियाे सेनाकाे टाेली (फाेटाेफिचर)

काठमाडाैं, १५ भदाैं ।  रसुवाको भोटेकोशी नदीमा बाढी आएलगत्तै प्रभावित रसुवागढी जलविद्युत् आयोजना (RHPL) को सुरुङभित्र खोजी गर्दा कोही पनि फेला नपरेपछि नेपाली सेनाको नेतृत्वमा खटिएको उद्धार टोली फर्किएको छ। सुरुङको अन्तिम भागमा मानिसहरू फसेको आशङ्का गरिएपछि सेनाको टोली इन्जिनियर र ड्रोन टोलीसहित खोजीमा जुटेको थियो। उक्त सुरुङको अन्तिम बिन्दुसम्मै पुगेर ड्रोनमार्फत खोजी गर्दा पनि कोही फेला...

जबरजस्ती करणी गरेको अभियोगमा दाङबाट पक्राउ

दाङ । ३७ वर्षीय महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा राजपुर गाउँपालिका-७ भित्री सिक्टा बस्ने ३२ वर्षीय जनक कुमाललाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । 

जनकले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय गढवाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

Post Views: 100 114

रसुवा जोड्ने वैकल्पिक सडक निर्माणमा फिल्डमै खटिए बागमतीका मुख्यमन्त्री थापामगर (तस्बिरहरू)

काठमाडौं, १५ भदौ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगर नुवाकोटबाट रसुवा जोड्ने वैकल्पिक सडक निर्माण तथा स्तरोन्नतिको कामलाई तीव्रता दिन आफैँ फिल्डमा खटिएका छन्। मुख्यमन्त्री थापामगर एक्साभेटरसहित चोगटे–सरमथली–जिरोकिलो हुँदै रसुवा जाने वैकल्पिक सडक निर्माणस्थलमै पुगेर कामको प्रत्यक्ष अनुगमन तथा सहजीकरण गरिरहेका छन्। उनले बिहानैदेखि सडक निर्माणका क्रममा देखिएका प्राविधिक तथा भौतिक समस्या...

नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।