कृष्णभीरको वैकल्पिक सडक निर्माण अन्तिम चरणमा, भोलिदेखि दुईतर्फी चल्ने

काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरको वैकल्पिक सडकखण्ड निर्माण अन्तिम चरणमा रहेको छ ।

पूर्वाधार विकास मन्त्रालयले अहिलेसम्म ९० प्रतिशतभन्दा बढी निर्माण सम्पन्न भएको जानकारी दिएको छ । 

कृष्णभीरमा निर्माण गरिएको २७० मिटर नयाँ सडकखण्डमा कटिङ, ग्राभेलिङ तथा सतह मुनिको पानी निकास संरचना निर्माणको काम सम्पन्न भएको छ । बाँकी आधार तह निर्माणको काम आज बेलुकासम्म पूरा गर्ने गरी काम भइरहेको जनाइएको छ ।

रातिको समयमा पनि निर्माण कार्यलाई निरन्तरता दिन प्रकाशको व्यवस्था गरिएको छ । विहिबारदेखि कृष्णभीर सडकखण्डमा सबै प्रकारका सवारीसाधन दुईतर्फी रूपमा सञ्चालन गरिने मन्त्रालयले जानकारी दिएको छ ।

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।