सर्वदलीय बैठक जारी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बोलाएको शीर्ष राजनीतिक नेतृत्वबीच सर्वदलीय बैठक शुरु भएको छ ।

रास्वपा संसदीय दलको कार्यालय, सिंहदरबारमा शुरु भएको बैठकमा सभापति लामिछानेसहित कांग्रेस सभापति गगन थापा, नेकपा नेता माधवकुमार नेपाल, एमाले नेतृ पदमा अर्याल, नेकपा नेता बर्षमान पुन, अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलगायतका नेताहरु उपस्थित रहेका छन् ।

आजको बैठकमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गरिने बताइएको छ ।

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।