Author

Srijana Puri

S

भारत–बंगलादेश रेल सेवा पुनः सञ्चालनको तयारी

काठमाडौँ । सुरक्षा चिन्ताका कारण सन् २०२४ देखि बन्द रहेका भारत र बंगलादेशबीचका मैत्री, मिताली र बन्धन एक्सप्रेस रेल सेवा पुनः सञ्चालन गर्ने विषयमा छलफल हुने भएको छ ।  दुई देशका रेल अधिकारीबीच ढाकामा सुरु हुने दुईदिने अन्तरसरकारी रेल बैठकमा यस विषयमा औपचारिक छलफल हुने भएको हो । बैठकमा सहमति जुटेमा कोलकाताबाट ढाका र खुल्ना तथा नयाँ जलपाइगुडीबाट ढाकासम्म सञ्चालन हुने तीनवटै रेल सेवा आगामी...

अस्ट्रेलियाली विदेशमन्त्री वाङबाट नेपाली दूतावास पुगेर शोक पुस्तिकामा हस्ताक्षर

काठमाडौँ । अस्ट्रेलियाका विदेशमन्त्री पेनी वाङले क्यानबेरास्थित नेपाली दूतावासमा पुगेर शोक पुस्तिकामा हस्ताक्षर गरेकी छन् । नेपालमा आएको विपत्तिप्रति दुःख व्यक्त गर्दै विदेशमन्त्री वाङले अस्ट्रेलिया नेपाली जनताको साथमा रहेको बताएकी छन् । उनले शोक पुस्तिकामा लेखेकी छन्- ‘अस्ट्रेलिया नेपालका जनताको साथमा छ । आज मैले क्यानबेरास्थित नेपाली दूतावासमा शोक पुस्तिकामा हस्ताक्षर गरेकी छु ।’...

जेन्जी आन्दोलन’को भावना हाइज्याक गर्नेहरूको पहिचान गरी कारबाही गर्नुपर्छ- शंकर पोखरेल

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले गत वर्ष भएको ‘जेन्जी आन्दोलन’का क्रममा ज्यान गुमाएका युवाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै आन्दोलनमा घाइते भएका र सन्तान गुमाएका परिवारप्रति समवेदना व्यक्त गरेका छन् । भाद्र २३ गते आन्दोलनका क्रममा संसद् भवनभित्र प्रवेश गर्ने क्रममा भएको झडपमा दर्जनौँ युवाले ज्यान गुमाएको र सयौँ घाइते भएको स्मरण गर्दै पोखरेलले उक्त घटनाको एक वर्ष पूरा भएको बताएका छन् ।...

मातृ तथा नवजात धनुष्टंकार उन्मूलन कायम राखेकोमा नेपाललाई डब्ल्यूएचओको सम्मान

काठमाडौँ । नेपालले एक दशकदेखि मातृ तथा नवजात धनुष्टंकार उन्मूलनको अवस्था कायम राखेको भन्दै विश्व स्वास्थ्य संगठनले सम्मान गरेको छ । टिमोर–लेस्टेको राजधानी डिलीमा जारी विश्व स्वास्थ्य संगठन दक्षिण–पूर्वी एसिया क्षेत्रीय समितिको ७९औँ बैठकका क्रममा नेपाललाई उक्त सम्मान प्रदान गरिएको हो। बैठकमा नेपालबाट स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी अतिरिक्त सचिव डा. संगीता कौशल मिश्राको नेतृत्वमा तीन सदस्यीय...

आइफिल टावरमा महिला कर्मचारी हटाएपछि विवाद

काठमाडौँ । पेरिसस्थित आइफिल टावरमा धार्मिक प्रतिनिधिमण्डलको भ्रमणका क्रममा महिला कर्मचारीलाई ड्युटीबाट हटाइएको आरोपपछि विवाद चर्किएको छ । करिब १०० सदस्यीय हिन्दू धार्मिक प्रतिनिधिमण्डलको भ्रमणका क्रममा केही महिला कर्मचारीलाई जिम्मेवारीबाट हटाएर पुरुष कर्मचारी खटाइएको आरोप लागेपछि आइफिल टावरका कर्मचारीले विरोध जनाएका थिए । विवादपछि आइफिल टावर सञ्चालन गर्ने कम्पनीले प्रतिनिधिमण्डलबाट महिला...

नुवाकोटमा हैजाविरुद्धको खोप पठाइयो, रसुवामा पर्सिदेखि अभियान

काठमाडौं, २३ भदौ । बाढी प्रभावित क्षेत्रमा हैजा संक्रमणको जोखिम बढेपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले खोप तथा आवश्यक स्वास्थ्य सामग्रीको व्यवस्थापन तीव्र बनाएको छ। मन्त्रालयले मंगलबार नुवाकोटका लागि ८० हजार ५ सय २३ डोज (२३ बक्स) हैजाविरुद्धको खोपसहित १० थान फ्रिज-फ्री भ्याक्सिन क्यारियर, ०.६ लिटर क्षमताका २२० थान आइस प्याक र ८ थान फ्रिज ट्याग पठाएको छ। रसुवामा भने यसअघि नै...

ढाकामा अपराध बढे पछि तीन दिनमा १३०० सय पक्राउ, ८१ चेकपाेष्ट बनाइयाे

ढाका, २३ भदौ।  हालैका दिनहरूमा बङ्गलादेशको राजधानी ढाकामा गोलीकाण्ड, हत्या, लुटपाट र अन्य हिंस्रक अपराधका घटनाहरू ह्वात्तै बढेका छन्। यसले बिग्रँदो शान्ति-सुरक्षाको अवस्थाप्रति नयाँ चिन्ता जन्माएको छ, किनकि अपराधीहरू सामान्य जस्ता देखिने घटनाहरूमा पनि हिंसामा उत्रिन थालेका छन्। पछिल्लो घटनामा, हिजो दिउँसो राजधानीको सबुजबगस्थित आदर्शपाडा क्षेत्रको एउटा घरमा स्थानीय अपराधीहरूको समूह...

गुठी संस्थानको पोखरी अतिक्रमणमुक्त अभियानविरुद्ध स्थानीयको प्रदर्शन

सुभाष कायस्थ जनकपुरधाम, २३ भदौ। गुठी संस्थानले चलाएको जनकपुरधामस्थित पोखरीको जग्गा अतिक्रमणमुक्त अभियानविरुद्ध स्थानीयहरू सडकमा उत्रिएका छन्। जनकपुरधाम वडा नम्बर १४ स्थित लबकी पोखरीको डिलनजिक घर बनाएर बसेका स्थानीयहरूले गुठी संस्थानले मापदण्ड र कानुनविपरीत आफूहरूको घर भत्काउन लागेको आरोप लगाएका छन्। वडा सदस्य रमेश साहको अगुवाइमा स्थानीयले पूर्व-पश्चिम राजमार्गअन्तर्गत जनकपुरधाम-ढल्केवर सडक खण्डको...

परराष्ट्रमन्त्री खनाल र दक्षिण कोरियाका विदेशमन्त्री ह्युनबीच भेटवार्ता

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल र दक्षिण कोरियाका विदेशमन्त्री चो ह्युनबीच सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भेटवार्ता भएको छ । भेटवार्तामा भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि जारी खोज, उद्धार तथा राहत कार्यबारे छलफल भएको थियो । मन्त्री खनालले बाढी प्रभावित क्षेत्रमा द्रुत उद्धार टोली तथा कोरियाली विपद् राहत टोली पठाउनुका साथै मानवीय सहायता र राहत सामग्री उपलब्ध गराएकोमा दक्षिण कोरिया...

२४ घण्टामा देशभर सवारी दुर्घटनामा ४ को मृत्यु, ११३ जना घाइते

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ४ जनाको मृत्यु भएको छ भने ११३ जना घाइते भएका छन् । नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा मधेश, लुम्बिनी, कर्णाली  र बागमती प्रदेशमा एक एक जनाको मृत्यु भएको छ । त्यस्तै देशभर भएका दुर्घटनामा ११३ जना घाइते भएका छन् । जस अनुसार मधेश प्रदेशमा २३ जना घाइते भएका छन् भने कोशीमा ३८ जना, काठमाडौँ उपत्यकामा १५ जना...

नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।