त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि सडकमा बसमा आगलागी

न्युज कारखाना
काठमाडौं, ५ असोज । त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि गुडिरहेकाे सार्वजनिक बसमा आगलागी भएको छ । सोमबार दिउँसो सवा १२ बजेतिर एक्कासि रिद्धिसिद्धि बसमा आगो लागेको हो ।

आगलागी के कारणले भएको हो भन्ने खुलेको छैन । बसबाट सल्किएको आगोको ज्वालाले सडक छेउछाउमा रहेका बिजुली तथा इन्टरनेटका तारहरूलाई भेटेको थियो।

आगलागी सुरु भएको करिब २० मिनेटपछि मात्र दमकल घटनास्थल पुगेको थियो। दमकल, सुरक्षाकर्मी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको छ।

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।