काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ७ जनाको मृत्यु भएको छ भने १४१ जना घाइते भएका छन् ।
नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा गण्डकी प्रदेशमा ३ जनाको मृत्यु भएको छ भने मधेश, लुम्बिनी, कोशी प्रदेस र काठमाडौँ उपत्यकामा एक एक जनाको मृत्यु भएको छ ।
त्यस्तै देशभर भएका दुर्घटनामा १४१ जना घाइते भएका छन् । जस अनुसार मधेश प्रदेशमा २२ जना घाइते भएका छन् भने कोशीमा ४०जना, काठमाडौँ उपत्यकामा १६ जना, सुदूरपश्चिममा १८ जना, बागमतीमा ९ जना घाइते भएका छन् भने लुम्बिनीमा २७ जना र गण्डकीमा ९ जना घाइते भएका छन् ।

