काठमाडौँ । नेपालका परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि श्रीलंकाका राजदूत रुवन्थी डेल्पिटियाले आज परराष्ट्र मन्त्रालयमा शिष्टाचार भेट गरेकी छन् । भेटका क्रममा राजदूत डेल्पिटियाले विपद्को यस कठिन समयमा श्रीलंका सरकार र त्यहाँका जनताका तर्फबाट नेपाल सरकार र नेपाली जनताप्रति गहिरो समवेदना तथा ऐक्यबद्धता व्यक्त गरेकी थिइन् । उनले विनाशकारी बाढीपछि जारी मानवीय तथा राहत कार्यमा सहयोग पुर्याउन...










