Author

Srijana Puri

S

निःशुल्क वाटर बुथमा राखिएको पानीको दुरुपयोग निगरानी

काठमाडौँ, २९ वैशाखः निःशुल्क ‘वाटर बुथ’मा राखिएको पानीको दुरुपयोग रोक्न काठमाडौँ महानगरपालिकाले निगरानी बढाएको छ । काठमाडौँका विभिन्न आठ ठाउँमा निःशुल्क रूपमा पिउनका लागि राखेको छ । बुथबाट पिउनका लागि मात्र पानी लिन कामपाले प्रयोगकर्तालाई आग्रह गरेको हो । पिउनका लागि मात्रै नभई अन्य प्रयोजनका लागि पनि पानी प्रयोग गरेको भेटेपछि कामपाले निगरानी बढाएको कामपा सार्वजनिक निजी साझेदारी एकाइका सहायक...

बजेट अभाव, अब गैँडा गणना अर्को वर्ष

चितवन, २८ वैशाखः बजेटको अभावमा गत वर्ष रोकिएको दुर्लभ एकसिङ्गे गैँडाको गणना यस वर्ष पनि नहुने भएको छ । हरेक चार वर्षमा हुँदै आएको गैँडाको गणना यस वर्ष बाघको गणना परेकाले गर्न नसकिएको हो । गैँडा गणना आनुवंशिक ‘जेनेटिक’ विधिबाट गरिन्छ । बर्खा लागेसँगै कार्यक्षेत्रमा खटिएर गणना गर्न नसकिने भएकाले अर्को वर्षमात्रै गरिनेछ । गणनाको काम राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले गर्छ । विभागको...

धौलागिरि हिमाल आरोहण वापत एक करोड ३४ लाख सलामी दस्तुर

गण्डकी, २८ वैशाखः धौलागिरि हिमाल आरोहणबापत यस याममा सरकारले एक करोड ३४ लाख ५४ हजार ५५० सलामी दस्तुर सङ्कलन गरेको छ । यस यामका लागि कूल चार समूहमा १८ पुरुष र १२ महिला गरी ३० जनाले धौलागिरि अरोहणका लागि अनुमति लिनुभएको पर्यटन विभागका निर्देशक निशा थापा राउतले जानकारी दिनुुभयो । म्याग्दीको धौलागिरि गाउँपालिका–४ मा पर्ने यो हिमाल आठ हजार १६७ मिटर उचाइमा रहेको छ । अन्नपूर्ण हिमालको आरोहणपछि मात्रै...

सुकुुमवासी परिवारका विद्यार्थीलाई संस्कृत शिक्षाका लागि भर्ना हुन आग्रह

महोत्तरी, २८ वैशाखः यहाँको मटिहानी–७ स्थित राजकीय संस्कृत माध्यमिक विद्यालयले सुकुुमवासी परिवारका विद्यार्थीलाई अपिल गरेको छ । जारी शैक्षिक सत्र २०८३ का लागि कक्षा–८ र ९ मा भर्ना हुन विद्यालयले अपिल गरेको हो । “हामीले जारी २०८३ को शैक्षिक सत्रमा सुकुुमवासी परिवारका ३० छात्रलाई पठनपाठनका आधारभूत शैक्षिक सामग्री, आवास र भोजनसहितको निःशुल्क प्रबन्ध गर्दैछौँ”, विद्यालयका प्रधानाध्यापक ईश्वरीप्रसाद...

एएनओको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा

काठमाडौँ, २८ वैशाखः विश्वभर छरिएर रहेका नेपाली मूलका नागरिकहरुलाई एकताको एउटै सूत्रमा बाँध्ने उद्देश्यका साथ स्थापित एसोसिएसन अफ नेप्लिज ओरिजिन (एएनओ) ले क्यानाडामा आफ्नो नवौँ अन्तरराष्ट्रिय शाखा विस्तार गरेको छ । विभिन्न देशमा बसोबास गर्दै आएका नेपाली भाषीहरुको आइतबार क्यानाडाको टोरन्टोमा आयोजित समारोहमा चित्र प्रधानको अध्यक्षतामा नयाँ कार्यसमिति घोषणा गरिएको एएनओले विज्ञप्तिमार्फत जनाएको छ ।...

स्वास्थ्यमन्त्री मेहताद्वारा सरसफाइ सप्ताह अभियानको शुभारम्भ

काठमाडौँ, २८ वैशाखः सरकारले सार्वजनिक सेवा प्रवाहलाई मर्यादित, स्वच्छ र वातावरणमैत्री बनाउने उद्देश्यले आजदेखि ‘राष्ट्रिय सरसफाइ सप्ताह’ सुरु गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री निशा मेहताले आज बिहान वीर अस्पतालमा पुगी सप्ताहको शुभारम्भ गर्नुभयो । उहाँले आफैँले कुचोले फोहर सफाइ गर्दै अभियानको शुभारम्भ गर्नुभएको हो । मन्त्री मेहताले सफाइ अभियान मुलुकभरका सरकारी अस्पताल र सरकारी कार्यालयमा...

आलेखः सुधारिएको करेसाबारीले डो¥याउँदैछ आत्मनिर्भरको बाटो

कमलामाई (सिन्धुली), २८ वैशाखः केही वर्षअघिसम्म गाउँघरका अधिकांश भान्सामा आफ्नै करेसाबारीमा फलाइएका ताजा सागसब्जी पाक्थे तर अहिले अवस्था फेरिएको छ । भान्सामा भित्रिने अधिकांश तरकारी बजारबाट आउँछन्, जहाँ उत्पादन बढाउने होडमा रासायनिक मलखाद र कीटनाशक औषधिको अत्यधिक प्रयोग भइरहेको छ । विषादीयुक्त सागसब्जी हाम्रो दैनिक भोजनसँगै शरीरभित्र पुगिरहेको छ । चिकित्सकहरूका अनुसार पछिल्ला वर्षहरूमा बढ्दै गएका...

सरकारको नीति कार्यक्रम आजः संसद् भवन परिसर झकिझकाउ

काठमाडौँ, २८ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले आज अपराह्न सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधनको पूर्व तयारीस्वरुप सिंहदरबारमा पूर्वाभ्यास (रिहर्सल) गरिएको छ । यस क्रममा सङ्घीय संसद् भवन परिसरमा उपसभामुख रुवी कुमारी र सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले स्वागतको पूर्वाभ्यास गर्नुभयो । त्यसक्रममा रिसल्ला सवारी र नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पणको पूर्वअभ्यास गरेको थियो...

राष्ट्र बैंकको प्रतिवेदन अर्थमन्त्रीसमक्ष पेस

काठमाडौँ, २८ वैशाखः नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८३/८४ को पूर्ण बजेटकालीन समीक्षा प्रतिवेदन अर्थमन्त्री डा स्वर्णीम वाग्लेलाई बुझाएको छ । नेपाल राष्ट्र बैंकका गभर्नर डा विश्व पौडेललले आज अर्थमन्त्री वाग्लेसमक्ष सो प्रतिवेदन बुझाउनुभएको हो । नेपाल राष्ट्र बैंक ऐन, २०५८ अनुसार सरकारको वार्षिक बजेट तर्जुमा गर्ने प्रयोजनका लागि बैंकले मुलुकको आर्थिक तथा वित्तीय अवस्थाको सम्बन्धमा नेपाल...

मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८३ को थालनी

काठमाडौँ, २८ वैशाखः यस बर्सातकोे समयमा कसैले पनि सडकपेटीमा कष्टकर जीवनयापन गर्न नपरोस् भन्ने करुणामय भावनाका साथ ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा– २०८३’ को थालनी गरिएको छ । यही वैशाख वैशाख २७ देखि जेठ २२ गतेसम्म हुन लागेको यस अभियानको आज मेची पुलबाट औपचारिक शुभारम्भ हुँदैछ । यात्राको औपचारिक शुभारम्भ समारोहलाई सम्बोधन गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री तथा प्रतिनिधिसभा सदस्य...

नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।