मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८३ को थालनी

काठमाडौँ, २८ वैशाखः यस बर्सातकोे समयमा कसैले पनि सडकपेटीमा कष्टकर जीवनयापन गर्न नपरोस् भन्ने करुणामय भावनाका साथ ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा– २०८३’ को थालनी गरिएको छ । यही वैशाख वैशाख २७ देखि जेठ २२ गतेसम्म हुन लागेको यस अभियानको आज मेची पुलबाट औपचारिक शुभारम्भ हुँदैछ ।

यात्राको औपचारिक शुभारम्भ समारोहलाई सम्बोधन गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री तथा प्रतिनिधिसभा सदस्य कबिन्द्र बुर्लाकोटीले विगत १३ वर्षदेखि सहयोगापेक्षी सडकआश्रित मानवहरुको उद्धारमा मानव सेवा आश्रयमले राज्यलाई पु¥याएको सहयोग महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले यस मानवीय कार्यमा राज्यका तीनै तहका सरकारहरुको सहयोग आवश्यक पर्दछ भन्नुभयो ।

काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुक सुनिता डङ्गोलले महानगरपालिकालाई स्वच्छ, सभ्य र व्यवस्थितसँगै आश्रयहीन बन्न पुगेका सडक मानवहरुको उचित व्यवस्थापनका लागि मानव सेवा आश्रमलाई सहयोग गर्दै आएको र आगामी दिनमा पनि यसलाई अझ बढाउँदै लैजाने नीति रहेको प्रस्ट पार्नुभयो ।

वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले समाज सेवाभन्दा अर्को ठूलो पुण्य कार्य नभएको बताउँदै मानव कल्याणमा लाग्न सबैलाई आग्रह गर्नुभयो । गायिका आनी छोइङले मानव सेवा आश्रमको सेवाभावबाट आफूलाई सक्रिय रुपमा समाज सेवामा लाग्न प्रेरित गरेको बताउँदै मानव सेवामा गरिएको लगानी जीवनपर्यन्तसम्म आत्मसन्तुष्टि र वास्तविक पुण्य प्राप्त हुनेछ भन्नुभयो ।

मानवसेवा आश्रमका संस्थापक अध्यक्ष रामजी अधिकारीले नाथैनाथले बास गरेको हाम्रो देश नेपालको सडकपेटी एवं सार्वजनिक स्थलहरूले कसैले पनि अनाथ भएर बस्न नपर्ने राष्ट्र निर्माण गर्न मानवता, करुणा, सेवा, प्रेम र सद्भावनालाई अझ मजबुत बनाउँदै लैजान यस अभियानको थालनी गरिएको बताउँदै आश्रम र आनीछोइङ डोल्मा फाउन्डेसनको सहकार्यमा तेस्रोपटक यो अभियान सञ्चालन गर्न लागिएको जानकारी दिनुभयो ।

गायिका एवं समाजसेवी आनीछोइङ डोल्माको नेतृत्वमा २६ जना स्वंसेवकले यात्रामा परिवार वा आफन्तको आश्रय पाउन नसकी सडकमा जीवन बिताइरहेका नागरिकहरुको उद्धार गरी आश्रमका देशका विभिन्न जिल्लामा रहेका आश्रमहरुमा पुनस्र्थापित गरिनेछ ।
–––

About the author

Srijana Puri

Add comment

नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।