राष्ट्र बैंकको प्रतिवेदन अर्थमन्त्रीसमक्ष पेस

काठमाडौँ, २८ वैशाखः नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८३/८४ को पूर्ण बजेटकालीन समीक्षा प्रतिवेदन अर्थमन्त्री डा स्वर्णीम वाग्लेलाई बुझाएको छ ।

नेपाल राष्ट्र बैंकका गभर्नर डा विश्व पौडेललले आज अर्थमन्त्री वाग्लेसमक्ष सो प्रतिवेदन बुझाउनुभएको हो । नेपाल राष्ट्र बैंक ऐन, २०५८ अनुसार सरकारको वार्षिक बजेट तर्जुमा गर्ने प्रयोजनका लागि बैंकले मुलुकको आर्थिक तथा वित्तीय अवस्थाको सम्बन्धमा नेपाल सरकारसमक्ष एक प्रतिवेदन पेस गर्ने व्यवस्था रहेको छ ।

About the author

Srijana Puri

Add comment

नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।