Author

Srijana Puri

S

बालेनलाई अमरेशको चेतावनी- तपाइँ तासको पत्ता हो !

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेश कुमार सिंहले प्रधानमन्त्री बालेन्द्र शाहलाई चेतावनी दिदै तासको पत्ता भएको बताएका छन् । विहिबार प्रतिनिधि सभामा बोल्दै सांसद सिंहले मधेशी जनताको बिनाश गरेको भन्दै सरकार तासको पत्ता भएको बताएका हुन् ।  उनले भने- म राज्यलाई भन्न चाहन्छु, तपाइँ मधेशीको बलमा सरकार ठड्याउनु भएको छ, तपाइँ तासको पत्ता हो, तपाइँको लागि यहि व्यक्ति बोलेको...

आत्महत्या रोकथाम तथा मानव अधिकारको सुनिश्चितता गर्न आयोगको आग्रह

काठमाडौँ । प्रत्येक वर्ष सेप्टेम्बर १० मा मनाइने विश्व आत्महत्या रोकथाम दिवसका अवसरमा राष्ट्रिय मानव अधिकार आयोगले आत्महत्या रोकथामसँगै मानव अधिकारको सुनिश्चितता गर्न सरकार तथा सम्बन्धित सबै पक्षलाई आग्रह गरेको छ । सन् २०२४ देखि २०२६ सम्मका लागि ‘आत्महत्याबारेको दृष्टिकोण परिवर्तन गरौँ’ भन्ने विषय तय गरिएको छ। सन् २०२६ का लागि भने ‘संवाद सुरु गरौँ’ भन्ने आह्वान गरिएको छ । नेपाल प्रहरीका अनुसार...

अदालतमा मिलापत्र भएको तीन वर्षसम्म पनि जग्गा फुकुवा भएन, अंश विवादमा भाइको गुनासो

सञ्जय मिश्रा/ रौतहट, २५ भदौ । अदालतमा मिलापत्र गरेर टुंग्याइएको भनिएको अंशसम्बन्धी विवाद तीन वर्षसम्म पनि कार्यान्वयनमा नआएपछि रौतहटको वृन्दावन नगरपालिका–३ का जितेन्द्र राय यादव पुन: कानुनी प्रक्रियामा पुगेका छन्। चुलहाई राय यादवका दुई श्रीमतीतर्फका छोराबीच लामो समयदेखि चल्दै आएको अंश विवाद २०८० फागुन ३० गते जिल्ला अदालत रौतहटमा मिलापत्रमार्फत टुंग्याउने सहमति भएको थियो। तर सहमति कार्यान्वयन...

सडकमा बच्चा जन्माएको घटनाको छानबिन गर्न मन्त्रालय र काउन्सिलको टोली राजविराज जाँदै

काठमाडौं । राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल परिसरबाहिरै एक महिलाले बच्चा जन्माएको घटनाप्रति स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले गम्भीर ध्यानाकर्षण जनाएको छ । घटनाको सत्यतथ्य छानबिन गर्न नेपाल मेडिकल काउन्सिलका रजिष्ट्रार डा.सुप्रभात श्रेष्ठ र एथिकल कमिटीका डा.अजय शाहसहित पाँच सदस्यीय टोली आजै राजविराज प्रस्थान गर्ने भएको मन्त्रालयले जनाएको छ । साथै, मन्त्रालयको तर्फबाट...

कृष्णभीरको पहिरोले अवरुद्ध पृथ्वी राजमार्ग भदौभित्रै सञ्चालनमा आउने

काठमाडौं । कृष्णभीरको पहिरोले अवरुद्ध पृथ्वी राजमार्गमा भदौभित्रै यातायात सञ्चालनमा आउने भएको छ ।  सरकारले भदौ महिनाभित्रै यातायात सेवा सञ्चालनमा ल्याउने गरी निर्माण कार्य तीव्र पारेको प्रधानमन्त्री कार्यालयले जनाएको छ । प्रधानमन्त्री वालेन्द्र शाहले भदौ १७ गते प्रतिनिधिसभामा सम्बोधनका क्रममा बताएअनुसार भदौको अन्तिमसम्ममा निर्माण सम्पन्न गरी यातायात सहज बनाउने लक्ष्यका साथ काम अघि बढाइएको...

१२ संघीय अस्पतालमा ५० शव अट्ने शवगृह बनाउने निर्णय

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले विपद् तथा महाविपद्का बेला ठूलो सङ्ख्यामा शव व्यवस्थापन गर्न १२ संघीय अस्पताल तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कम्तीमा ५० शव अट्ने शवगृह निर्माण तथा क्षमता विस्तार गर्ने नीतिगत निर्णय गरेको छ । विगतका विपद्, पछिल्लो भोटेकोशी बाढी तथा शव व्यवस्थापनमा देखिएका कठिनाइलाई ध्यानमा राखेर यस्तो निर्णय गरिएको मन्त्रालयले जनाएको छ । यसबाट शवको सुरक्षित...

सडकमै बच्चा जन्माएको घटनामा सरकारको जवाफ माग

काठमाडौं । सप्तरीको राजविराजमा सडकमै महिलाले बच्चा जन्माएको विषयमा सांसदहरुले सरकारको ध्यानाकर्षण गराएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीकी (रास्वपा) का सांसद खगेन्द्र कर्णले राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालले भर्ना नलिएपछि स्थानीय एक महिलाले फुटपाथमै बच्चा जन्माएको घटनामा सरकारको ध्यानाकर्षण गराउदै स्वास्थ्यमन्त्रीको जवाफ मागेका हुन् । उनले राजविराज नगरपालिका–१४ पर्साही बस्ने...

उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गोरीकुमारी यादवले पदबाट राजीनामा दिएकी छन् । उनले बिहीबार दिउँसो प्रधानमन्त्री बालेन शाहसमक्ष राजीनामा बुझाएकी हुन् । बुधबार प्रतिनिधिसभाको उद्योग समितिको बैठकमा दिएको अभिव्यक्ति नै यादवको मन्त्री पद जानुको मुख्य कारण बनेको छ । यादवले ‘उद्योगीहरूलाई पाता नफर्कासम्म खाना पकाउने ग्यासको अभाव टर्दैन’ भनेकी थिइन् । उनको अभिव्यक्तिलाई लिएर निजी क्षेत्र...

उद्योगमन्त्री गौरी कुमारीको राजीनामा

काठमाडौँ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले राजीनामा दिएकी छन् ।

उनले विहिबार प्रधानमन्त्री बालेन शाहसमक्ष राजीनामा बुझाएको उनको सचिवालयले जानकारी दिएको छ ।

काठमाडौँमा भएको ग्यासको हाहाकारपछि मन्त्री यादवले काम गर्न नसकेको भन्दै सत्तारुढ दल भित्रै उनको चर्को आलोचना भएको थियो ।

Post Views: 100 70

राैतहटकाे पेटभर्वामा डिजे विवादले झडपको रूप लियो, दुवै पक्षका घाइते

सञ्जय मिश्रा/ रौतहट, २५ भदौ । रौतहटको फतुवा विजयपुर नगरपालिका–६ पेटभर्वामा कृष्ण जन्माष्टमीको छठियारका अवसरमा आयोजित मूर्ति विसर्जनपछि डिजेमा गीत बजाउने विषयलाई लिएर दुई समूहबीच विवाद हुँदा झडप भएको छ। झडपमा दुवै पक्षका केही व्यक्ति घाइते भएका छन्। स्थानीयका अनुसार बुधबार साँझ करिब ७ बजे मूर्ति विसर्जन सम्पन्न भएपछि डिजेमा गीत बजाउने विषयमा विवाद सुरु भएको थियो। सामान्य विवादले उग्र रूप लिएपछि...

नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।