Author

Srijana Puri

S

न्याय क्षेत्रमा सुशासन कायम गर्न प्रतिबद्ध भएर लाग्नेछुः प्रधान न्यायाधीश डा शर्मा

काठमाडौँ, १९ जेठः प्रधान न्यायाधीश डा मनोजकुमार शर्माले न्याय क्षेत्रमा सुशासन कायम गर्न प्रतिबद्ध भएर लाग्ने बताउनुभएको छ । संवैधानिक तथा न्यायिक पत्रकार मञ्चका पत्रकारहरूले आज उहाँसँग गरेको भेटमा आज उहाँले न्याय क्षेत्रको सुधार गरी सुशासन कायम गर्ने सबैलाई साथमा लिएर अगाडि बढ्ने बताउनुभएको हो । प्रधान न्यायाधिश डा शर्माले भन्नुभयो,“आमनागरिकले न्यायपालिकाप्रति राखेको अपेक्षा, स्वच्छ, निष्पक्ष...

पूर्वी पृतनामा ‘पृतनापति ट्रफी २०८३ सुरु

धरान (सुनसरी), १९ जेठः नेपाली सेनाद्वारा वार्षिक रुपमा सञ्चालन हुँदैआएको यस वर्षको पृतनापति ट्रफी प्रतियोगिता सोमबारदेखि सुरु भएको छ । पूर्वी पृतना मुख्यालय इटहरीमा सुरु भएको प्रतियोगिता फुटबल, भलिबल, बास्केटबल, पौडी, बक्सिङ, जुडो, तेक्वान्दो र एथलेटिक्स गरी आठ खेल विधा समावेश गरिएका छन् । यही जेठ ३१ गते सम्म हुने प्रतियोगितामा ८२० जना पुरुष र १७६ जना महिला खेलाडीको सहभागिता रहेको छ ।पूर्वी पृतना...

सङ्कल्प र लगनले चुम्दै सफलता

महोत्तरी, १९ जेठः साहुले ऋण नपत्याउँदा विदेश जान नपाएर तरकारीखेतीमा लागेका महोत्तरीका किसान अहिले प्रेरक व्यक्तिको उदाहरणका रूपमा उभ्याइने गरिन्छ । ‘गरे के हुँदैन ?’ भन्ने आहान महोत्तरीको भङ्गाहा–४ रामनगरका किसान सत्यदेव महतोले सङ्कल्प र लगनले चरितार्थ गरेको छ । झन्डै १६÷१७ वर्षअघि तरकारीखेतीमा जोडिनुभएका महतोलाई अहिले न फुर्सद छ, न पछाडि फर्कनुपरेको छ । केही गर्ने हुटहुटी, सङ्कल्प र लगनले नै...

तिम्माका किसानलाई आधुनिक मौरीघार बनाउन तालिम

भोजपुर, १९ जेठः जिल्लाको टेम्केमैयुङ गाउँपालिका–१ तिम्माका किसानलाई आधुनिक मौरीघार निर्माणसम्बन्धी तालिम सञ्चालन गरिएको छ । स्थानीयस्तरमै सीप विकास गरी व्यावसायिक मौरीपालनलाई प्रवर्द्धन गर्ने उद्देश्यले यहाँका २० किसानलाई तालिम दिइएको हो । हालै सम्पन्न तालिममा सहभागीलाई सात दिनसम्म आधुनिक प्रविधिमा आधारित मौरीघार निर्माण गर्ने विधि, मौरी व्यवस्थापन, मौरीका रोग तथा कीरा नियन्त्रण, मह उत्पादन र...

विषादीरहित तरकारी उत्पादन गर्दै किसान

टीकापुर, १९ जेठः कैलालीको टीकापुर र जानकीका किसानको बारीमा फलेको तरकारी खानयोग्य पाइएको छ । विषादी अवशेष दु्रत विश्लेषण प्रयोगशाला एकाइ अत्तरियाले टीकापुर र जानकीमा व्यावसायिक रूपमा खेती गरिरहेका १४ किसानको बारीका तरकारीको नमूना सङ्कलन गरी ‘कार्वामेट’ र ‘अर्गानोफस्फेट’ समूह कीटनाशक विषादीको प्रयोग परीक्षण गर्दा तरकारी खानयोग्य पाइएको हो । प्रयोगशालाले किसानका बारी र हाटबजारमा बिक्रीमा राखिएका...

सरकारी कामकाजमा स्थानीय भाषा प्रयोगको नीति कार्यान्वयनमा जोड

मलेखु (धादिङ), १९ जेठः बागमती प्रदेश सरकारले तामाङ र नेपाल भाषा (नेवारी)लाई सरकारी कामकाजको भाषाका रूपमा मान्यता दिएसँगै यसको व्यवहारिक व्यवहारिक कार्यान्वयनका लागि तयारी सुरु भएको छ । सरकारी कामकाजमा रैथाने भाषाको प्रयोगले सेवा प्रवाहलाई सरल, समावेशी र पारदर्शी बनाउन मद्दत पुग्ने अपेक्षासहित सरकारले कामकाजको भाषा कार्यान्वयनको नीति अगाडि सोरेको छ । सोहीअनुसार कार्यान्वयनलाई प्रभावकारी बनाउने...

वीरगञ्ज महानगर प्रमुख सिंह पक्राउ

वीरगञ्ज (पर्सा), १९ जेठः वीरगञ्ज महानगरपालिका प्रमुख राजेशमान सिंहलाई पक्राउ गरिएको छ । पर्सा जिल्ला अदालतबाट लिखतसम्बन्धी कसुरमा पक्राउ पुर्जी जारी भएको १० दिनपछि आज उहाँलाई पर्साको ठोरीमा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता राजु कार्कीले लुकीछिपी बसेका नगरप्रमुख सिंहलाई ठोरीबाट पक्राउ गरिएको पुष्टि गर्नुभयो । “हामीले उहाँको खोजीका लागि...

सुदूरपश्चिम प्रदेश गौरवका आयोजना आगामी आवमा सम्पन्न हुने गरी बजेट विनियोजन गरिने

सुदूरपश्चिम, १९ जेठः सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षमा आयोजना छनोट तथा प्रथमिकीकरण प्रक्रियालाई परिणामुखी बनाउन छनोटसम्बन्धी मापदण्ड र आयोजना बैंकलाई आधार लिई कार्यक्रम कार्यान्वयन गर्ने नीति लिएको छ । प्रदेशसभाको सोमबारको बैठकमा प्रदेश प्रमुख नजिर मियाँले प्रस्तुत गर्नुभएको आगामी आर्थिक वर्ष २०८३ /०८४ को नीति तथा कार्यक्रममा सङ्घ र प्रदेशको चालु आवधिक योजना, आगामी दोस्रो पञ्चवर्षीय...

मधेस र कोशी प्रदेशको तराई क्षेत्रमा तातो दिन हुने सम्भावना

काठमाडौँ, १९ जेठः आज मधेश प्रदेश र कोशी प्रदेशको तराई क्षेत्रमा तातो दिन हुने सम्भावना रहेको छ । यस्तै, देशका विभिन्न भूभागको मौसम सामान्यतया बदली रहने छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशको हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लाग्नेछ भने तराई भू–भागमा आंशिक बादल लाग्नेछ । यसैगरी, देशको हिमाली र पहाडी भू–भागका थोरै स्थानमा तथा लुम्बिनी र सुदुरपश्चिम...

पर्वतमा जिप दुर्घटना हुँदा एकको मृत्यु, दुई घाइते

पर्वत, १९ जेठः पर्वत जिल्लाको कुश्मा नगरपालिका–१४ आर्थरडाँडाखर्कमा गएराति भएको जिप दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । जिप सडकबाट करिब पाँच सय मिटर तल खसेको थियो । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक दिनेश पौडेलका अनुसार आर्थरडाँडाखर्कस्थित वडा कार्यालयबाट चरीपानीतर्फ जाँदै गरेको ग१ज ५८६५ नम्बरको जिप अँधेरीनेटा भन्ने स्थानमा दुर्घटना हुँदा वडासदस्य ५२ वर्षीय केशवराज पौडेलको...

नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।