Author

Srijana Puri

S

महेन्द्रनगरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

महेन्द्रनगर, ४ असार ः कञ्चनपुरका खेलकुद पूर्वाधारमा बजेट विनियोजन भएपछि धमाधम संरचना निर्माण अघि बढेको छ । जिल्ला खेलकुद समिति कञ्चनपुरका अनुसार यहाँ क्रिकेट मैदान, एथ्लेटिक्सका लागि चार सय मिटर ट्रयाक र हक्कीका लागि खेल मैदान निर्माण भइरहेको छ । जिल्ला खेलकुद समितिका कार्यालय प्रमुख गोपालदत्त भट्टले सुदूरपश्चिम प्रदेश सरकारको लगानीमा चालु आर्थिक वर्षमा खेल संरचना निर्माण भइरहेको बताउनुभयो । जसका...

पोषणमैत्री बने बडिगाडका ८ वडा

गलकोट (बागलुङ), ४ असारः बागलुङको बडिगाड गाउँपालिकाका आठ वटा वडालाई पोषणमैत्री वडा घोषणा गरिएको छ । गाउँपालिका नै स्थानीय शासनयुक्त घोषणाका वडा घोषणा अन्तिम चरणमा पुगेको छ । गाउँपालिकाले सङ्घीय सरकारको सहयोगमा तीन वर्ष यता पोषणमैत्री गाउँपालिका बनाउने अभियान सफल भएको छ । गाउँपालिका १, २, ५, ६, ७, ८, ९, १० नम्बर वडालाई पोषणमैत्री वडा घोषणा सम्पन्न गरिएको छ भने क्रमश ३ र ४ वडालाई पनि पोषणमैत्री...

त्रिकोण क्यानभासमा उतारियो सिन्धुली कला घर

वागमती, ४ असार : नेपाललाई उत्कृष्ट गन्तव्यका रुपमा चिनाउने महाअभियानका साथ यात्रारत प्राज्ञ नगेन सिंह ठकुरीले वागमती प्रदेश, सिन्धुलीको कमलामाई नगरपालिका–३ स्थित राष्ट्रिय कला संग्रहालय (सिन्धुली कला घर)लाई क्यानभासमा उतार्नुभएको छ । स्थलगत रुपमा नै सिन्धुली कला घर पुग्नुुुभएका ठकुरीले कला घरलाई आफ्नो त्रिकोण क्यानभासमा उतार्नुभएको हो । सिन्धुली कला घरलाई क्यानभासमा उतार्दै उहाँले भन्नुुभयो...

बाजुराको लाम्पाटा सुरक्षा वेशमा हेलिकप्टरमार्फत बन्दोबस्तीका सामग्री पुर्‍याइयो

काठमाडौँ, ४ असार : बाजुराको हिमाली गाउँपालिकास्थित लाम्पाटामा स्थापना गरिएको अस्थायी संयुक्त सुरक्षा वेशमा बन्दोबस्तीका सामग्री पु¥याइएको छ । सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोकबाट पठाइएका ती सामग्री बाजुरास्थित गुल्मबाट बुधबार बिहान हेलिकोप्टरमार्फत लाम्पाटा पु¥याइएको हो । उक्त स्थानमा सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा गत जेठ ३१ गते सशस्त्र प्रहरी बल नेपाल र नेपाल प्रहरीको संयुक्त...

नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा

मुग्लिन (चितवन), ४ असार : नारायणगढ–मुग्लिन सडकमा दुईतर्फी रुपमा यातायात सञ्चालनमा आएको छ । सडक डिभिजन कार्यालय भरतपुरका अनुसार बुधबार राति ९ बजे इच्छाकामना ५ तुइनखोलामा पहिरो खसेपछि सडकमा यातायात सेवा अवरुद्ध भएको थियो । सडक सुपरभाइजर ईश्वर क्षेत्रीका अनुसार पहिरो हटाएपछि अहिले दुईतर्फी सञ्चालनमा आएको जानकारी दिनुभयो । नारायणगढ–मुग्लिन सडक खण्डको तुइन खोलामा पहिरो र ढुङ्गा खसीरहने हुँदा यात्रुहरु...

रुपन्देहीमा हराएका १०८ जनामध्ये ६१ जना फेला

सिद्धार्थनगर (भैरहवा), ४ असारः रुपन्देही प्रहरीले जिल्लाका विभिन्न स्थानबाट हराएका व्यक्तिको खोजी कार्यलाई उच्च प्राथमिकताका साथ अघि बढाएको छ । जेठ महिनामा हराएको भनी निवेदन परेका १०८ जनामध्ये ६१ जनालाई फेला पारी परिवारसँग सम्पर्क गराइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । प्रहरीका अनुसार त्यस महिनामा हराएकामध्ये ३० बालबालिका, ४८ महिला र ३० पुरुष रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ...

सभामुख अर्यालसँग बङ्गलादेशका राजदूत रहमानको शिष्टाचार भेट

काठमाडौं । सभामुख डोल प्रसाद (डीपी) अर्यालसँग बङ्गलादेशका राजदूत मो. शफिकुर रहमानले शिष्टाचार भेट गरेका छन् । बुधबार भएको भेटमा सभामुख अर्यालले नेपाल र बङ्गलादेशबीचको सम्बन्ध लामो समयदेखि आपसी सम्मान, विश्वास र समानतामा आधारित रहेको उल्लेख गर्दै दुवै देशबीचको सहकार्य अझ विस्तार र सुदृढ गर्नुपर्ने बताएका थिए । उनले बङ्गलादेशले हासिल गरेको आर्थिक तथा भौतिक विकासको प्रशंसा गर्दै त्यसबाट नेपालले...

श्रम संस्कृतिको संसदमा हंगामा, प्रतिनिधि सभाको बैठक स्थगित

काठमाडौं । प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङसहित सांसदहरूले सदनको वेल घेराउ गर्दै विरोध जारी राखेपछि सभामुख डिपी अर्यालले बैठक १५ मिनेटका लागि स्थगित गरेका हुन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामजी यादवले दिएको जवाफमा चित्त नबुझेको भन्दै उनले उठेर विरोध जनाउन शुरु गरेका थिए । त्यसपछि सभामुखले मन्त्रीले स्पष्टीकरण दिएपछि...

कम्पनी ऐन, २०६३ अन्तर्गतका कर, शुल्क, दस्तुर तथा जरिवाना मिनाहा सुविधा सोमबारदेखि लागू

काठमाडौं, कम्पनी ऐन, २०६३ बमोजिम दर्ता भएका कम्पनीहरूलाई लक्षित गर्दै कर, शुल्क, दस्तुर, ब्याज तथा जरिवाना मिनाहा सम्बन्धी विशेष व्यवस्था आगामी सोमबारदेखि लागू हुने भएको छ। आर्थिक ऐन, २०८३ अन्तर्गत ल्याइएको उक्त व्यवस्थाले लामो समयदेखि वार्षिक विवरण नबुझाएका, नवीकरण नगरेका वा विभिन्न शीर्षकमा बक्यौता रहेका कम्पनीहरूलाई राहत दिने उद्देश्य राखेको छ। व्यवस्थाअनुसार कम्पनी ऐन, २०६३ बमोजिम दर्ता भएका...

नेपालको आर्थिक–सामाजिक विकासका निम्ति जर्मनीले तीन करोड ७६ लाख युरो प्रदान गर्ने

काठमाडौँ, ३ असारः सङ्घीय गणतन्त्र जर्मनीले नेपालसँगको विकास साझेदारीलाई अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गर्दै आगामी दुई वर्षका लागि तीन करोड ७६ लाख युरो बराबरको प्राविधिक तथा वित्तीय सहयोग गर्ने जनाएको छ । मङ्गलबार यहाँ सम्पन्न नेपाल–जर्मनी विकास सहकार्यसम्बन्धी द्विपक्षीय वार्तामा उक्त रकम प्रदान गर्ने घोषणा भएको हो । दुवै देशले ऊर्जा, दिगो आर्थिक विकास तथा स्वास्थ्य क्षेत्रलाई आगामी...

नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।