श्रम संस्कृतिको संसदमा हंगामा, प्रतिनिधि सभाको बैठक स्थगित

काठमाडौं । प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङसहित सांसदहरूले सदनको वेल घेराउ गर्दै विरोध जारी राखेपछि सभामुख डिपी अर्यालले बैठक १५ मिनेटका लागि स्थगित गरेका हुन् ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामजी यादवले दिएको जवाफमा चित्त नबुझेको भन्दै उनले उठेर विरोध जनाउन शुरु गरेका थिए । त्यसपछि सभामुखले मन्त्रीले स्पष्टीकरण दिएपछि फेरी स्पष्टिकरण सोध्ने नियम नरहेको बताएपनि श्रम संस्कृतिले वेल घेराउ गर्दै विरोध गरिरहेको छ । सभामुखले आफूले दिएको आदेशको पालना नगरेको भन्दै सचेत गराएपनि त्यसलाई बेवास्ता गर्दै विरोध जारी राखेका थिए ।

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।