Author

Srijana Puri

S

‘ताल्चा लागेका घर, एक्लिएका बूढापाका’

तानसेन (पाल्पा), २३ असारः गाउँका अधिकांश घरमा अहिले ताल्चा झुण्डिएका छन् । रोजगारी, अध्ययन र पेसा व्यवसायको खोजीमा युवापुस्ता सहर तथा विदेशतिर जान थालेपछि यहाँका कतिपय गाउँका बस्ती सुनसान जस्तै देखिन्छन् । एक समय खेतबारीको चहलपहल र मेलापातले गुञ्जिने गाउँ अहिले वृद्धवृद्धाको सहारामा मात्र टिकेको छ । गाउँमा रहेका अधिकांश बूढापाका छोराछोरी र नाति नातिनाको प्रतीक्षामा दिन बिताइरहेका छन् । चाडपर्व वा...

गण्डकीका उत्कृष्ट कृषक सम्मानित

कास्की, २३ असारः गण्डकी प्रदेश सरकारले प्रदेशका सर्वोत्कृष्ट र उत्कृष्ट पाँच जना कृषकलाई सोमबार नगदसहित सम्मान गरेको छ । कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले कृषि क्षेत्रको व्यवसायीकरण, उत्पादन वृद्धि, आधुनिक प्रविधिको प्रयोग तथा कृषकलाई थप उत्प्रेरित गर्ने उद्देश्यले सम्मान गरेको हो । कार्यक्रममा कृषिमन्त्री भीमबहादुर कार्की, प्रदेश सामाजिक विकास तथा कृषि समितिका सदस्य भक्तबहादुर कुँवर र...

नियमविपरीत सञ्चालित शैक्षिक परामर्श संस्था कारबाहीको दायरामा

दमक (झापा), २२ असारः जिल्लामा नियमविपरीत सञ्चालित शैक्षिक परामर्श संस्था कारबाहीको दायरामा आएका छन् । नेपाल शैक्षिक परामर्श व्यवसायी सङ्घ (इक्यान) झापाले जिल्लामा झन्डै २०० वटा शैक्षिक परामर्श संस्था नियमविपरीत सञ्चालन हँुदै आएको दाबी गरेको छ । इक्यानको परामर्शमा इलाका प्रहरी कार्यालयले जिल्लाका विभिन्न स्थानमा अनुगमन गरी कानुनअनुसार दर्ता नभएका शैक्षिक परामर्श दाता संस्थाको कागजात जफत गरी...

कालीकोटमा ‘विषादी न्यूनीकरण अभियान’

मान्म (कालीकोट), २२ असारः विषादीले मानव स्वास्थ्य र कृषिमा गम्भीर चुनौती थपिएको भन्दै प्रयोगलाई कम गर्ने उद्देश्यले आज कालीकोटमा ‘विषादी जोखिम न्यूनीकरण’ अभियान सञ्चालन गरिएको छ । जिल्ला कृषि विकास कार्यालय कालीकोटको सक्रियतामा स्थानीय कृषकको खेतबारीसम्म पुगेर र बजार अनुगमनलाई तीव्रता पार्दै यहाँ ‘विषादी जोखिम न्यूनीकरण’ अभियान प्रभावकारी रुपमा सञ्चालन गरिएको छ । रासायनिक विषादीको प्रयोगले मानव...

कुवा संरक्षण चारकुनेवासी

तनहुँ, २२ असारः व्यास नगरपालिका–१ स्थित चारकुने गाउँका बासिन्दा सामुदायिक कुवाको संरक्षण र जगेर्नामा लागेका छन् । वर्षौंदेखि गाउँको मुख्य खानेपानी स्रोतका रूपमा रहेको पड्के पानी कुवा मर्मत एवं संरक्षण कार्यमा स्थानीयले सामूहिक श्रमदान गरेका हुन् । कुवाको सरसफाइ, मर्मतसम्भार तथा वरपरको वातावरण संरक्षणका लागि स्थानीयले सामूहिक रुपमा पाँच दिनसम्म श्रमदान गरेका पड्के पानी कुवा मर्मत एवं संरक्षण...

झोलुङ्गे पुल पर्यटकीय गन्तव्य बन्दै

दाङ, २२ असारः स्थानीय तुलसीपुर उपमहानगरपालिका–११ र दङ्गीशरण गाउँपालिका–२ सरुवाडाँडा जोड्ने झोलुङ्गे पुलले वरपरका जिल्लाका नागरिकलाई समेत अवलोकन गर्ने महत्वपूर्ण पर्यटक गन्तव्यका रुपमा परिचय बनाएको छ । चारैतिर हरियाली नजिकै चिटिक्क परेको गाउँबीचमा कलकल बगेको बबई नदीमाथिको झोलुङगे पुलमा त्यस वरपरको मनमोहक दृश्याअवलोकन गर्नेको भीड नै लाग्न थालेको छ । त्यस क्षेत्रको अवलोकन गर्न टाढादेखि आउनेले सूर्य...

‘हाम्रो खुसी’ पाठ्यक्रम : विद्यार्थीको सोचमा सकारात्मक परिवर्तन ल्याउँदै

मध्यविन्दु(नवलपरासी), २२ असार : नवलपरासी(बर्दघाट सुस्तापूर्व)को मध्यविन्दु नगरपालिका–४ स्थित मदनपुर ग्रिनभ्याली बोर्डिङ स्कुलमा कक्षा ३ मा अध्ययनरत सिम्रन पाठकको व्यवहारमा पछिल्लो समय उल्लेखनीय परिवर्तन आएको छ । केही वर्षअघिसम्म मोबाइलमा धेरै समय बिताउने, साना–साना कुरामा रिसाउने, अभिभावकसँग जिद्दी गर्ने र पढाइमा खासै रुचि नदेखाउने सिम्रन अहिले नम्र, अनुशासित र जिम्मेवार बनेकी छन् ।“पहिले घरमा...

आलेखः जलवायुमैत्री प्रविधिको प्रयोगबाट धानमा आत्मनिर्भरताको अपेक्षा

काठमाडौँ, २२ असारः धानबालीको उत्पादनले मात्रै देशको कूल गार्हस्थ्य उत्पादनमा करिब रु दुई खर्ब बराबरको योगदान गरेको छ । मुलुकको कूल गार्हस्थ्य उत्पादनमा समग्र कृषि क्षेत्रले करिब २३ प्रतिशत हाराहारीमा योगदान गरेको हो । कृषि विभागले उपलब्ध गराएको तथ्याङ्कअनुसार नेपालमा ४१ लाख ३१ हजार कृषक घरधुरीमध्ये २७ लाख ६५ हजार घरधुरी धानखेतीमा आबद्ध रहेका छन् । कूल खेती गरिएको जमिनमध्ये ५४ प्रतिशतमा धानखेती...

घाँसको बीउ उत्पादन

राँझा (बाँके),२२ असारःबाँकेको खजुरा गाउँपालिका–२ गौघाटस्थित राष्ट्रिय पशु प्रजनन कार्यालयले ३० हजार ६ सय ३० किलो घाँसको बीउ उत्पादन गरेको छ । चालु आर्थिक वर्ष ०८२/८३ मा विभिन्न प्रजातीका घाँसको ३० हजार ६ सय ३० किलो घाँसको बीउ उत्पादन गरिएको राष्ट्रिय पशु प्रजनन कार्यालयका प्रमुख वरिष्ठ पशु विकास अधिकृत डा.खिमानन्द खनालले जानकारी दिनुभयो । उहाँका अनुसार राष्ट्रिय पशु प्रजनन् कार्यालयबाट उत्पादन...

अनाधिकृत घुम्ती व्यापार गर्न नपाइने

कञ्चनपुर, २२ असार : कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा अनुमति विना अनाधिकृत रूपमा घुम्ती व्यापार व्यवसाय सञ्चालन गर्न नपाइने भएको छ । नगरपालिकाको क्षेत्राधिकार भित्र पूर्व स्वीकृति नलिई ढुवानी तथा सवारी साधनको प्रयोग गरी व्यवसाय गरेको पाइएमा प्रचलित कानुन बमोजिम कडा कारबाही गरिने भएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज बिष्टका अनुसार पालिकाको क्षेत्राधिकार भित्र अनधिकृत रूपमा...

नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।