Author

Srijana Puri

S

मादक पदार्थ सेवनपछि सवारी चलाएको स्वीकारेपछि वार्नरको संकट बढ्यो

काठमाडौँ । अष्ट्रेलियाली क्रिकेटर तथा सिड्नी थन्डरका कप्तान डेभिड वार्नरले मादक पदार्थ सेवनपछि सवारी चलाएको आरोप स्वीकार गरेपछि उनको कप्तानीमाथि प्रश्न उठेको छ । सुनुवाइमा वार्नर स्वयं अदालतमा उपस्थित हुनुपरेन । उनका कानुन व्यवसायी बबी हिलले इस्टर पर्वका दिन मादक पदार्थ सेवन गरेर सवारी चलाएको आरोप वार्नरले स्वीकार गरेको जानकारी दिए । प्रहरीका अनुसार अप्रिल ५ मा सिड्नीको पूर्वी क्षेत्रमा सडक...

स्वास्थ्यसम्बन्धी तीन महत्त्वपूर्ण ऐन संशोधनका मस्यौदामा मन्त्रालयले माग्यो सुझाव

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्य क्षेत्रसँग सम्बन्धित तीनवटा महत्त्वपूर्ण ऐन संशोधनका लागि तयार पारिएका विधेयकहरूको मस्यौदामा सर्वसाधारण तथा सरोकारवालासँग राय–सुझाव मागेको छ। मन्त्रालयले आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु (विक्री वितरण) नियन्त्रण ऐन,२०४९ लाई संशोधन गर्न तयार बनेको विधेयक, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन,२०६६ लाई संशोधन गर्न...

निर्धारित समयमा उत्पादन शुरु नगरेका विद्युत आयोजनाको आरसीओडी थप्ने प्रक्रिया अघि बढ्यो

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले विद्युत् खरिद बिक्री सम्झौता (पीपीए) भइसकेर निर्माणका विभिन्न चरणमा रहेका तर निर्धारित समयमा व्यावसायिक उत्पादनमा आउन नसकेका जलविद्युत् आयोजनाहरूको व्यावसायिक उत्पादन सुरु गर्नुपर्ने अन्तिम मिति (आरसीओडी) थप्ने प्रक्रिया अघि बढाएको छ । यसका लागि प्राधिकरणले आयोजनाहरूलाई पहिलो पटक स्पष्ट मापदण्डका आधारमा चार समूहमा वर्गीकरण गर्ने नीति लागू गरेको छ । असार ३२...

विश्वकप लिग- २ मा आज नेपाल र नेदरल्याण्डस आमने सामने

काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप लिग- २ अन्तर्गतको सिरिजमा नेपालले आज नेदरल्याण्डससँग खेल्दैछ । सिरिजको दोस्रो खेलमा आज नेपाल र नेदरल्याण्डस आमने सामने हुदैछन् । यो खेल नेपाली समय अनुसार २: ४५ बजेदेखि शुरु हुदैछ । नेपालले पछिल्लो खेलमा नामिबियासँग हार बेहोरेको छ भने नेदरल्याण्डसको यस सिरिजमा पहिलो खेल खेल्दैछ ।  नेपाल र नेदरल्याण्डसबीच अहिलेसम्म ५ एकदिवसीय खेल भएका छन् । जसमा नेदरल्याण्डसले...

आज विश्व ह्वेल तथा डल्फिन दिवस : समुद्री जीव संरक्षणको सन्देश

काठमाडौँ । प्रत्येक वर्ष जुलाई २३ मा विश्वभर विश्व ह्वेल तथा डल्फिन दिवस मनाइन्छ । समुद्री पारिस्थितिक प्रणालीमा ह्वेल र डल्फिनको महत्वपूर्ण भूमिकाबारे जनचेतना फैलाउने तथा तिनलाई बन्दीकरण, जलवायु परिवर्तन, समुद्री प्रदूषण र अवैध सिकारजस्ता खतराबाट जोगाउने उद्देश्यले यो दिवस मनाउने गरिन्छ । यो दिवस सन् १९८२ मा अन्तर्राष्ट्रिय ह्वेल आयोगले व्यावसायिक रूपमा ह्वेलको सिकारमा पूर्ण प्रतिबन्ध लगाउने...

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायूको प्रभाव रहेको र हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा रहेको जानकारी दिएको छ । हाल कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेश साथै लुम्बिनी प्रदेशको पहाडी र हिमाली भू-भागमा साधारणतया बादल लागेको छ भने मधेश प्रदेश र लुम्बिनी प्रदेशका तराई भू-भागमा आंशिक बादल लागेको छ । कोशी, बागमती र कर्णाली...

२०८३ साउन ७ गते विहिबार: आजको राशिफल

आजको राशिफल बिस २०८३ साउन ७ गते विहिबार ईस २०२६ जुलाई २३ नेपाल सम्बत ११४६ दिल्लाथ्व नवमी, रौद्र नाम संवत्सर सूर्य दक्षिणायन, वर्षा ऋतु, असार शुक्ल नवमी, चन्द्रमा तुला राशिमा, विशाखा नक्षत्र, शुभ योग, कौलव करण । आज नेपालमा सुर्योदय बिहान ५ बजेर २२ मिनेटमा र सूर्यास्त साँझ ७ बजे हुनेछ । आज जन्म लिने बच्चा तुला राशीको हुनेछ । मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – आजको दिन आत्मविश्वास, उत्साह र...

ललित मोदीलाई १६ बर्षपछि ठूलो राहत

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आइपिएल) का संस्थापक तथा पूर्व अध्यक्ष ललित मोदीले १६ वर्षदेखि चलिरहेको विदेशी मुद्रा व्यवस्थापनसम्बन्धी मुद्दामा ठूलो कानुनी राहत पाएका छन् । सफेमा अपिल न्यायाधिकरणले सन् २००९ मा दक्षिण अफ्रिकामा आयोजना गरिएको आइपिएलसँग सम्बन्धित मुद्दामा उनीमाथि लगाइएको १० करोड ६५ लाख भारतीय रुपैयाँ जरिवाना खारेज गरेको हो । सन् २००९ मा भारतमा लोकसभा निर्वाचनका कारण सुरक्षा चुनौती...

नेप्से करिब १४ अंकले घट्यो, ५ अर्ब १८ करोडको कारोबार

काठमाडौँ । नेप्सेमा आज गिरावट आएको छ । आज बुधबार नेप्से १३.९५  अंकले घटेर २७१२.५४ विन्दुमा पुगेर रोकिएको छ । आज ३४६ कम्पनिका एक करोड १३ लाख ६२ हजार ४६५ कित्ता शेयर ५ अर्ब १८ करोड ७४ लाख ६७ हजार ७३ मा कारोबार भएको थियो । आज फाइनान्स र उत्पादन बाहेक सबै क्षेत्रका शेयर मुल्य घटेको छ । आज, सबैभन्दा बढी एभरेष्ट कलरको शेयर १४.९९ ले बढेको छ भने बुन्गल हाइड्रोको शेयर १०.५० प्रतिशतले बढेको छ ।...

नतिजा देखिनेगरी काम गर्न कर्मचारीलाई सञ्चारमन्त्री तिमिल्सिनाको निर्देशन

काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले मन्त्रालय र मातहतका सबै निकायमा जिम्मेवार, उत्तरदायी र नतिजामुखी कार्यसंस्कृति विकास गरी व्यापक प्रशासनिक सुधारका साथ चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयन गर्न निर्देशन दिएका छन् । मन्त्रालयमा बुधबार आयोजित कर्मचारी बैठकमा उनले मन्त्रालयबाटै निर्णय हुन सक्ने फाइल एकै दिनमा टुङ्ग्याउने तथा अन्तरनिकाय समन्वय आवश्यक पर्ने...

नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।