Author

Srijana Puri

S

२४ घण्टामा देशभर सवारी दुर्घटनामा ११ को मृत्यु, ८४ जना घाइते

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ११ जनाको मृत्यु भएको छ भने ८४ जना घाइते भएका छन् । नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा लुम्बिनीमा ५, गण्डकीमा ४, कोशी र मधेश प्रदेशमा एक एक जनाको मृत्यु भएको छ । त्यस्तै देशभर भएका दुर्घटनामा ८४ जना घाइते भएका छन् । जस अनुसार मधेश प्रदेशमा ३२ जना घाइते भएका छन् भने काठमाडौँ उपत्यकामा १३ जना घाइते भएका छन् ।...

कुमारी बैंकको २.५८ लाख बढी संस्थापक सेयर बिक्रीमा, संस्थापकलाई ३५ दिनको अवसर

2026-7-30 / 2083-04-14 9:39 am  काठमाडौं, १४ साउन । कुमारी बैंक लिमिटेडले विभिन्न संस्थापक सेयरधनीहरूको स्वामित्वमा रहेको २ लाख ५८ हजार २०९ कित्ता संस्थापक सेयर बिक्री प्रक्रिया सुरु गरेको छ। बैंकले आजदेखि उक्त सेयर बिक्रीमा राखेको हो। यो सेयर खरिदका लागि हालका विद्यमान संस्थापक सेयरधनीहरू मात्र योग्य रहने बैंकले जनाएको छ। इच्छुक संस्थापक सेयरधनीले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र...

सुनको भाउ ८ सय रुपैयाँले बढ्यो, चाँदीमा सामान्य गिरावट

काठमाडौं, १४ साउन । नेपाली बजारमा बिहीबार सुनको मूल्य उकालो लाग्दा चाँदीको मूल्य भने सामान्य रूपमा घटेको छ। अन्तर्राष्ट्रिय बजारको प्रभावसँगै स्थानीय बजारमा सुनको मूल्य बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ८४ हजार रुपैयाँमा कारोबार भइरहेको छ। यो अघिल्लो कारोबार दिनको तुलनामा प्रतितोला ८ सय रुपैयाँले बढी हो। बुधबार सुनको मूल्य प्रतितोला २ लाख ८३ हजार २...

सम्पत्ति शुद्धीकरण नियम उल्लङ्घनमा तीन ब्रोकरलाई १.१० करोड जरिवाना, सानिमा क्यापिटललाई चेतावनी

काठमाडौं, १४ साउन । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी कानुनी व्यवस्था उल्लङ्घन गरेको ठहर गर्दै तीन ब्रोकर कम्पनीलाई कुल १ करोड १० लाख रुपैयाँ जरिवाना गरेको छ। बोर्डका अनुसार सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ अन्तर्गतका ग्राहक पहिचान तथा अनुपालनसम्बन्धी दायित्व पूरा नगरेपछि कारबाही गरिएको हो। कारबाहीअनुसार सिप्ला सेक्युरिटिज प्रालिलाई ५० लाख रुपैयाँ जरिवाना...

अदालतबाट सजाय तोकिएका १० फरार प्रतिवादी रौतहट प्रहरीको फन्दामा

रौतहट, १३ साउन। रौतहट प्रहरीले अदालतबाट कैद तथा जरिवाना सजाय सुनाइएपछि फरार रहँदै आएका १० जना प्रतिवादीलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय रौतहट तथा मातहतका प्रहरी इकाइबाट परिचालित टोलीले मंगलबार विभिन्न स्थानमा लुकिछिपी बसेका प्रतिवादीहरूलाई पक्राउ गरेको हो। पक्राउ परेकाहरू जिल्ला अदालत रौतहटबाट विभिन्न मुद्दामा दोषी ठहर भई सजाय तोकिए पनि फरार रहेका थिए। जिल्ला प्रहरी कार्यालय रौतहटका...

चिकित्सा शिक्षा आयोगको ६ अर्ब ५५ करोड २५ लाखको बजेट स्वीकृत

काठमाडौँ । चिकित्सा शिक्षा आयोगले चालु आर्थिक वर्ष (आव) २०८३/८४ का लागि छ अर्ब ५५ करोड २५ लाख ९८ हजार रुपैयाँ बराबरको कार्यक्रम तथा बजेट स्वीकृत गरेको छ । प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको आयोगको २७औँ बैठकले नेपाल सरकारबाट विनियोजित पाँच अर्ब ९९ करोड २१ लाख रुपैयाँ र आयोगको आन्तरिक स्रोततर्फ ५६ करोड चार लाख ९८ हजार रुपैयाँ बराबरको...

निर्वाचन आयोगका प्रमुख आयुक्त र आयुक्त संसदीय सुनुवाई समितिबाट अनुमोदित

काठमाडौं । संसदीय सुनुवाइ समितिले निर्वाचन आयोगको प्रमुख आयुक्त मानबहादुर कार्की र आयुक्त पदमा सिफारिस भएका डा. राजीव सुब्बा र गुरुप्रसाद वाग्लेलाई अनुमोदन गरेको छ ।    बुधबार बसेको समितिको बैठकले आयोगको प्रमुख आयुक्तमा सिफारिस कार्की र दुई आयुक्त पदमा सिफारिस भएका सुब्बा र वाग्लेलाई सर्वसम्मत अनुमोदन गरेको समिति सभापति बोधनारायण श्रेष्ठले जानकारी दिएका छन् ।  संवैधानिक परिषद्को...

नेप्सेमा आज पनि गिरावट, ४ अर्ब २ करोडको कारोबार

काठमाडौँ । नेप्सेमा आज पनि गिरावट आएको छ । आज बुधबार नेप्से ७.७९ अंकले घटेर २६८८.८८ विन्दुमा पुगेर रोकिएको छ । आज ३४३ कम्पनिका ९७ लाख ७७ हजार ५१२ कित्ता शेयर ४ अर्ब २ करोड ९३ लाख ९० हजार ३५१ मा कारोबार भएको थियो । आज म्युचुअल फण्ड र अन्य बाहेक सबै क्षेत्रका शेयर मुल्य घटेको छ । आज, सबैभन्दा बढी एभरेष्ट कलरको शेयरमा १४.९९ प्रतिशतले बढेको छ  भने स्नो रिभरको शेयर ४.९० प्रतिशतले बढेको छ ।...

चिकित्सक र बिरामी दुवैको सुरक्षालाई समान प्राथमिकता दिँदै स्वास्थ्य मन्त्रालय दीर्घकालीन सुधारको तयारीमा

काठमाडौं । स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालयले स्वास्थ्यकर्मीमाथि हुने हिंसा,स्वास्थ्य संस्थामाथि हुने आक्रमण तथा बिरामीमाथि हुन सक्ने लापरवाहीलाई समान रूपमा गम्भीरतापूर्वक लिँदै स्वास्थ्य सेवामा विश्वास,सुरक्षा र उत्तरदायित्व अभिवृद्धिका लागि दीर्घकालीन सुधार प्रक्रिया अघि बढाएको छ । मन्त्रालयले चिकित्सक तथा स्वास्थ्य संस्थामाथि हुने आक्रमणप्रति ‘शून्य सहनशीलता’को नीति...

टेलिकमका सबै टावरमा भरपर्दो विद्युत् पुर्‍याउन सञ्चारमन्त्रीको निर्देशन

काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नेपाल टेलिकमका टेलिफोन टावरमा भरपर्दो विद्युत् आपूर्ति सुनिश्चित गर्न सम्बन्धित निकायलाई प्रभावकारी समन्वय गर्दै तत्काल कार्ययोजना बनाएर काम अघि बढाउन निर्देशन दिएका छन्। बुधबार सञ्चार मन्त्रालयमा नेपाल टेलिकम, नेपाल विद्युत् प्राधिकरण र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका पदाधिकारीसँग भएको छलफलमा मन्त्री तिमिल्सिनाले गुणस्तरीय र भरपर्दो...

नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।