नेप्सेमा आज पनि गिरावट, ४ अर्ब २ करोडको कारोबार

काठमाडौँ । नेप्सेमा आज पनि गिरावट आएको छ । आज बुधबार नेप्से ७.७९ अंकले घटेर २६८८.८८ विन्दुमा पुगेर रोकिएको छ ।

आज ३४३ कम्पनिका ९७ लाख ७७ हजार ५१२ कित्ता शेयर ४ अर्ब २ करोड ९३ लाख ९० हजार ३५१ मा कारोबार भएको थियो । आज म्युचुअल फण्ड र अन्य बाहेक सबै क्षेत्रका शेयर मुल्य घटेको छ ।

आज, सबैभन्दा बढी एभरेष्ट कलरको शेयरमा १४.९९ प्रतिशतले बढेको छ  भने स्नो रिभरको शेयर ४.९० प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी गरिमा समृद्धि योजनाको शेयर ६.६० प्रतिशतले घटेको छ ।

त्यस्तै आज सबै भन्दा बढी हिमालयन पावरको २२ करोड ४८ लाख बराबरको कारोबार भएको छ भने खानी खोला हाइड्रोको २१ करोड १७ लाख बराबरको कारोबार भएको छ ।

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।