काठमाडौं । नेपाली कांग्रेसभित्र सहकार्य र एकता सुदृढ गर्न पार्टीका युवा नेताहरूले नयाँ अभियानको घोषणा गरेका छन् । आइतबार आयोजित पत्रकार सम्मेलनमा ‘देश र कांग्रेस जोड्ने’ नाम दिइएको उक्त अभियान सभापति गगन थापा नेतृत्वको पक्ष र संस्थापन इतर समूहबीच संवाद तथा सहकार्यको वातावरण निर्माण गर्ने लक्ष्यका साथ सुरु गर्न लागिएको जनाइएको छ । नेता नैनसिंह महर, रञ्जित कर्णलगायतका युवा नेताहरुको पहलमा सञ्चालन...










