शंकर पोखरेलको टिप्पणी- संविधान संशोधनको अहिले उपयुक्त समय होइन

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकारले संविधान संशोधन गर्न चाहेको भए त्यसअघि राजनीतिक दलहरूबीच व्यापक सहमति जुटाउनुपर्ने बताएका छन्।

उनले संविधान संशोधनजस्तो संवेदनशील विषयमा सबै राजनीतिक दलको साझा सहमति आवश्यक पर्ने उल्लेख गर्दै वर्तमान अवस्था त्यसका लागि उपयुक्त समय नभएको धारणा व्यक्त गरेका हुन् ।

महासचिव पोखरेलले अहिले संविधान संशोधनको उचित समय नरहेको भन्दै यस विषयमा सरकार अघि बढ्नुअघि राजनीतिक सहमति सुनिश्चित गर्नुपर्ने बताएका छन्।

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।