Author

Srijana Puri

S

तराईका हिंसात्मक घटना तथा सरकार-रास्वपाको भूमिकाप्रति शंकर पोखरेलको प्रश्न

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सुनसरी, सिराहा र धनुषालगायत तराईका विभिन्न स्थानमा धार्मिक तनावसँग जोडिएका हिंसात्मक घटनापछि भएको आन्दोलन तथा सरकार र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बीच भएको वार्ताप्रति प्रश्न उठाएका छन्। महासचिव पोखरेलले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै, “आफ्नै कार्यकर्तालाई आन्दोलनकारी बनाउने, तिनैसँग वार्ता गरेर सम्झौता गर्ने, अनि हिंसाको दोष चाहिँ...

परराष्ट्रका सहसचिव भट्टराइ पक्राउ

काठमाडौं, १८ साउन। परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराईलाई पक्राउ परेका छन । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सहसचिव भट्टराईलाई पक्राउ गरेको हो । सीआईबीका एसपी अनुपम शमशेर जबराका अनुसार तिब्बती शरणार्थीका नाममा गैरकानुनी रूपमा यात्रा अनुमतिपत्र (ट्राभल डकुमेन्ट) जारी गरेको आरोपमा भट्टराई पक्राउ परेका हुन। गत सोमबार जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौँले जिल्ला अदालत...

करिब १ सय ९ किलो गाँजा सहित दुई जना पक्राउ

सर्लाही, १८ साउन । करिब १ सय ९ किलो गाँजा सहित दुई जना पक्राउ परेका छन । लालबन्दी नगरपालिका–१ बाट अवैध लागूऔषध गाँजा करिब १ सय ९ किलोग्राम सहित २ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत सितामढी थाना समुद्र बस्ने २६ वर्षीय दिपक कुमार महतो र २५ वर्षीय अमन कुमार रहेका छन् ।  इलाका प्रहरी कार्यालय नवलपुर समेतबाट खटिएको प्रहरीले बागमतीबाट जनकपुरतर्फ जाँदै गरेको बीआर...

मुग्लिन–नारायणगढ सडक पहिरोका कारण अवरुद्ध

चितवन । मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत मुग्लिन बजार नजिकै पहिरो खस्दा सडक दुवैतर्फबाट पूर्ण रूपमा अवरुद्ध भएको छ। सडक डिभिजन भरतपुरका अनुसार पहिरो पन्छाउन एउटा उपकरण परिचालन गरिएको छ भने थप दुई वटा उपकरण घटनास्थलतर्फ पठाइएको छ । पहिरो हटाएर सडक सञ्चालनमा ल्याउन करिब ४५ मिनेट लाग्ने अनुमान गरिएको सडक डिभिजनले जनाएको छ । यात्रुलाई आवश्यक सावधानी अपनाउन तथा वैकल्पिक व्यवस्था मिलाउन आग्रह गरिएको छ।...

तीन महिनाको अवधिमा ३ हजार ३ सय १६ जना लागूऔषध कारोबारमा संलग्न व्यक्तिहरू पक्राउ

काठमाडौं, १८ साउन । तीन महिनाको अवधिमा ३ हजार ३ सय १६ जना लागूऔषध कारोबारमा संलग्न व्यक्तिहरू पक्राउ परेका छन् । नेपाल प्रहरीले गत वैशाख १ गते देखि असार मसान्त सम्म देशभरबाट ३ हजार ३ सय १६ जना लागूऔषध कारोबारमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरेको छ हो । जसमध्ये उपत्यकाबाट ५ सय ११ जना, कोशी प्रदेशबाट ७ सय १३ जना, मधेश प्रदेशबाट २ सय ५५ जना, बागमती प्रदेशबाट ४ सय २८ जना, गण्डकी प्रदेशबाट १ सय ८९ जना...

भाजपा अध्यक्षको निर्वाचन क्षेत्रमा प्रशान्त किशोर अगाडी

काठमाडौं, १८ साउन । बिहार, मध्य प्रदेश र गुजरातका तीन विधानसभा सिटमा जुलाई ३० मा सम्पन्न उपनिर्वाचनको मतगणना जारी छ । बिहारको बांकीपुर निर्वाचन क्षेत्रमा ‘जन सुराज’ का संस्थापक प्रशान्त किशोरले निरन्तर अग्रता कायम राखेका छन्, मतगणनाको १५औँ चरणपछि, प्रशान्तले भाजपाका नीरज कुमारभन्दा ८,२०२ मतको अग्रता लिएका छन्। बांकीपुर सिट भाजपा नेता नितिन नवीनको परम्परागत गढ मानिन्छ । उनी त्यहाँबाट लगातार ५...

गोरखामा पहिरोले एक घर बगायो

गोरखा । पहिरोले गोरखामा एक घर बगाएको छ । गोरखा नगरपालिका -९ लक्ष्मीबजारस्थित मानसिंह गुरुङको घर पहिरोले लगेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।  सोमबार बिहान ११ बजे गुरुङको तीनतले पक्की घर जगैदेखि पहिरोमा बगेको हो । घरमा परी सोही घरमा डेरा गरी बस्ने कटरिया नगरपालिका ७ रौतहटका  टोखान महतो घाइते भएका छन् । घाइतेको हाल गोरखा अस्पतालमा उपचार भइरहेको र उनलाई सामान्य चोट लागेको...

साम्प्रदायिक तनावले खरानी बनायो व्यवसाय : गोलबजारका तिनवटा पसलमा ३० करोडभन्दा बढीको क्षति

मुकेश कुमार यादव / सिरहा, १८ साउन । सुनसरीको देवानगञ्जमा दुई समुदायबीच भएको झडपको प्रभाव सिरहाको गोलबजारसम्म फैलिँदा भएको हिंसा, आगजनी र तोडफोडबाट ठूलो आर्थिक क्षति भएको छ। गोलबजारका तिन व्यवसायमा मात्रै घरबाहेक करिब ३० करोड रुपैयाँभन्दा बढीको क्षति भएको अनुमान गरिएको हो।  साउन १० गतेबाट सुनसरीमा सुरु भएको साम्प्रदायिक तनावको असर साउन १३ र १४ गते सिरहाको गोलबजारमा प्रदर्शनका क्रममा देखिएको...

साम्प्रदायिक संवेदनशीलताबीच रौतहटमा एसएसपी जबराको निरीक्षण

रौतहट, १८ साउन। मधेश प्रदेशका विभिन्न जिल्लामा पछिल्ला दिनमा देखिएको साम्प्रदायिक तनाव र सुरक्षा चुनौतीका बीच नेपाल प्रहरी प्रधान कार्यालय, नक्सालबाट खटिएका एसएसपी दीप शमशेर जबराले आइतबार जिल्ला प्रहरी कार्यालय रौतहटको निरीक्षण तथा सुरक्षा अवस्थाबारे समीक्षा गरेका छन्। निरीक्षणका क्रममा एसएसपी जबराले जिल्ला प्रहरी कार्यालय रौतहट का प्रमुख एसपी सिताराम रिजाल तथा कार्यरत प्रहरी कर्मचारीलाई सम्बोधन...

२४ घण्टामा देशभर सवारी दुर्घटनामा ३ को मृत्यु, ९८ जना घाइते

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ३ जनाको मृत्यु भएको छ भने ९८ जना घाइते भएका छन् । नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा लुम्बिनी, मधेश र कोशीमा एक एक जनाको मृत्यु भएको छ । त्यस्तै देशभर भएका दुर्घटनामा ९८ जना घाइते भएका छन् । जस अनुसार मधेश प्रदेशमा २८ जना घाइते भएका छन् भने काठमाडौँ उपत्यकामा २१ जना घाइते भएका छन् । त्यस्तै कोशीमा १२ जना...

नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।