सर्लाही, १८ साउन । करिब १ सय ९ किलो गाँजा सहित दुई जना पक्राउ परेका छन ।
लालबन्दी नगरपालिका–१ बाट अवैध लागूऔषध गाँजा करिब १ सय ९ किलोग्राम सहित २ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा भारत सितामढी थाना समुद्र बस्ने २६ वर्षीय दिपक कुमार महतो र २५ वर्षीय अमन कुमार रहेका छन् ।
इलाका प्रहरी कार्यालय नवलपुर समेतबाट खटिएको प्रहरीले बागमतीबाट जनकपुरतर्फ जाँदै गरेको बीआर ०९ एम ३७६६ नम्बरको कारलाई जाँच गर्दा डिक्किमा लुकाई छिपाई राखिएको २३ वटा पोकामा रहेको उक्त परिमाणको गाँजा फेला पारी चालक दिपक र कारमा सवार अमनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

