Author

Srijana Puri

S

मुग्लिन–नारायणगढ सडकखण्ड सुचारु

चितवन । मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत मुग्लिन बजार नजिकै पहिरो खस्दा सडक दुवैतर्फबाट अवरुद्ध सडक सुचारु भएको छ।

सडक डिभिजन भरतपुरका अनुसार पहिरो पन्छाएपची सडक दुइतर्फी सुचारु भएको हो ।

आज बिहानदेखि यस सडक खण्डका विभिन्न स्थानमा पहिरो खसिरहेकाले यात्रुलाई आवश्यक सावधानी अपनाउन आग्रह गरिएको छ ।

Post Views: 100 28

न्युयोर्ककी मेयरका हजुरआमाको निधन, जसले हुर्काएकी थिइन १ लाख ७० हजार बालबालिका

काठमाडौं, १८ साउन । सामाजिक सेवामा ६ दशक बिताएकी तथा ५० वर्षको उमेर पार गरिसके पछि भारतको सबैभन्दा चर्चित बाल कल्याणकारी संस्थामध्ये एकस्थापना गरेकी प्रविण नायरको ९४ वर्षको उमेरमा निधन भएको छ। उनी चलचित्रकर्मी मीरा नायरकी आमा र न्युयोर्क शहरका मेयर जोहरान मामदानीकी हजुरआमा हुन्। यी दुवै सम्बन्ध वास्तविक हुन् र उनीहरूले उल्लेखनीय काम पनि गरेका छन्। यद्यपि, उनीहरूको नाता नै उनको नाम जान्नुपर्ने...

मंगोलियाका पुर्व प्रधानमन्त्री र परराष्ट्रमन्त्री खनालबिच भेटबार्ता

काठमाडौं, १८ साउन । मङ्गोलियाका पूर्वप्रधानमन्त्री जान्दानशातार गोम्बोजाभले आज मन्त्रालयमा माननीय परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेटवार्ता गरेका छन ।

मङ्गोलियन चेस महासङ्घका अध्यक्षुसमेत रहेका गोम्बोजाभले नेपाल मङ्गोलिया सम्बन्ध तथा खेलकुद लगायत विभिन्न क्षेत्रमा सहकार्यसम्बन्धी विविध विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

Post Views: 100 27

करिब पाँच वर्षपछि सार्वजनिक रूपमा देखिइन् आङ साङ सुकी

काठमाडौँ । म्यानमारकी पूर्व नेता तथा नोबेल शान्ति पुरस्कार विजेता आङ साङ  सुकी करिब पाँच वर्षपछि पहिलो पटक सार्वजनिक रूपमा देखिएकी छन् । सैन्य सरकारले सोमबार सार्वजनिक गरेका केही तस्वीरमा सुकीले अन्तर्राष्ट्रिय रेडक्रस समितिका म्यानमार प्रतिनिधि अर्नो डे बाकसँग भेटवार्ता गरेको देखिएको छ । सन् २०२१ मा सैन्य ‘कू’ पछि बाहिरी संसारसँग भएको उनको यो सबैभन्दा दुर्लभ सार्वजनिक सम्पर्क मानिएको छ ।...

अमेरिकी क्रिकेटरलाई आइसीसीको आठ वर्ष प्रतिबन्ध

काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) ले भ्रष्टाचारसम्बन्धी आचारसंहिता उल्लङ्घन गरेको ठहर गर्दै अमेरिकाका क्रिकेटर बोडुगुम अखिलेश रेड्डीलाई आठ वर्षका लागि सबै प्रकारका क्रिकेट गतिविधिबाट प्रतिबन्ध लगाएको छ । परिषद्को भ्रष्टाचारसम्बन्धी न्यायाधिकरणले २६ वर्षीय रेड्डीलाई आचारसंहिताका तीनवटा प्रावधान उल्लङ्घन गरेको ठहर गरेको हो । उनीविरुद्ध सन् २०२५ मा संयुक्त अरब इमिरेट्समा भएको आबुधाबी...

मधेसी आयोगका दुइ प्रतिवेदन राष्ट्रियसभामा पेश

काठमाडौं, १८ साउन । मधेसी आयोगको वार्षिक प्रतिवेदन राष्ट्रियसभामा पेस भएको छ ।  प्रधानमन्त्री वालेन्द्र शाहका तर्फबाट कानुन न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले आयोगको प्रतिवेदन पेस गरेकी हुन् ।  आर्थिक वर्ष ०८०/८१ र ०८१/८२ को वार्षिक प्रतिवेदन पेस गरेकी हुन् । संवैधानिक आयोगले राष्ट्रपतिलाई बुझाएको प्रतिवेदन प्रधानमन्त्रीले संसद्‌मा पेस गर्ने संवैधानिक प्रावधान छ । Post Views:...

क्रिस्टियानो रोनाल्डोको अर्को साता बिबाह, गरियो होटेल बुक

काठमाडौं, १८ साउन । फुटबलका सुपरस्टार क्रिष्टियानो रोनाल्डोले बिहे गर्ने भएका छन् । आगामी साता गलफ्रेण्ड जजिन्हा रोड्रिगुइजसँग रोनाल्डोले विवाह गर्न लागेका हुन् । विश्वकप पछि लगभग ओझेलमा परेका ४१ वर्षीय रोनाल्डो र ३२ वर्षीय गर्लफ्रेन्ड जर्जिन्हाबीचको बिबाह उनको गृह देश पोर्चुगलमा हुनेछ । समाचार अनुसार पोर्चुगलको एक पाँच तारे होटलमा उनीहरूको विवाह तय भएको हो । जसअनुसार जन्मस्थल पोर्चुगलको...

नेप्सेमा सामान्य गिरावट, ४ अर्ब ५७ करोडको कारोबार

काठमाडौँ । नेप्सेमा आज सामान्य गिरावट आएको छ । आज सोमबार नेप्से १.२० अंकले घटेर २६८४.३३ विन्दुमा पुगेर रोकिएको छ । आज ३४९ कम्पनिका एक करोड १४ लाख ४९ हजार ९८७ कित्ता शेयर ४ अर्ब ५७ करोड २० लाख ८४ हजार २३१ मा कारोबार भएको थियो । आज बैंकिंग, विकास बैंक, होटल्स, हाइड्रो, वीमा, माइक्रो फाइनान्स, म्युचुअल फण्ड, निर्जीव वीमा बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ । आज, सबैभन्दा बढी एभरेष्ट कलरको शेयर १४...

इरानसँग अमेरिकाको आज अप्रत्यक्ष वार्ता हुने ट्रम्पको दाबी

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आवश्यकता परे अमेरिका फेरि इरानमाथि सैन्य आक्रमण गर्न सक्ने चेतावनी दिएका छन् । तर, आफू सैन्य कारबाहीभन्दा वार्तामार्फत समाधान खोज्न चाहेको उनले बताएका छन् । राष्ट्रपति ट्रम्पले राष्ट्रपतिको विशेष विमानमा सञ्चारकर्मीसँग कुरा गर्दै आवश्यक पर्दा जुनसुकै बेला कारबाही गर्न सकिने भए पनि आफू मानिसको ज्यान जाने अवस्था सिर्जना गर्न नचाहेको बताए । उनका अनुसार...

शिक्षामन्त्री र मंगोलियाका पूर्वप्रधानमन्त्रीबीच भेटवार्ता, विद्यालयमा चेस प्रवर्द्धनबारे छलफल

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग मंगोलियाका पूर्वप्रधानमन्त्री तथा मंगोलियाली चेस महासंघका अध्यक्ष गोम्बोजाभिन जान्दानशातारले सोमबार शिष्टाचार भेटवार्ता गरेका छन् । सिंहदरबारस्थित शिक्षा तथा खेलकुद मन्त्रालयमा भएको भेटमा नेपाल-मंगोलियाबीचको द्विपक्षीय सम्बन्ध, शिक्षा तथा खेलकुद क्षेत्रमा सहकार्य र विद्यालय शिक्षामा चेस खेलको प्रवर्द्धनबारे छलफल भएको मन्त्रालयले जनाएको छ ।...

नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।