काठमाडौं, १८ साउन । मधेसी आयोगको वार्षिक प्रतिवेदन राष्ट्रियसभामा पेस भएको छ ।
प्रधानमन्त्री वालेन्द्र शाहका तर्फबाट कानुन न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले आयोगको प्रतिवेदन पेस गरेकी हुन् ।
आर्थिक वर्ष ०८०/८१ र ०८१/८२ को वार्षिक प्रतिवेदन पेस गरेकी हुन् । संवैधानिक आयोगले राष्ट्रपतिलाई बुझाएको प्रतिवेदन प्रधानमन्त्रीले संसद्मा पेस गर्ने संवैधानिक प्रावधान छ ।

