नेप्सेमा सामान्य गिरावट, ४ अर्ब ५७ करोडको कारोबार

काठमाडौँ । नेप्सेमा आज सामान्य गिरावट आएको छ । आज सोमबार नेप्से १.२० अंकले घटेर २६८४.३३ विन्दुमा पुगेर रोकिएको छ ।

आज ३४९ कम्पनिका एक करोड १४ लाख ४९ हजार ९८७ कित्ता शेयर ४ अर्ब ५७ करोड २० लाख ८४ हजार २३१ मा कारोबार भएको थियो । आज बैंकिंग, विकास बैंक, होटल्स, हाइड्रो, वीमा, माइक्रो फाइनान्स, म्युचुअल फण्ड, निर्जीव वीमा बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ ।

आज, सबैभन्दा बढी एभरेष्ट कलरको शेयर १४.९९ प्रतिशतले बढेको छ भने सप्तकोशी विकास बैंकको शेयर ११.७७ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी रिलायन्स स्पिनिंग मिल्सको ७.४० प्रतिशतले घटेको छ ।

त्यस्तै आज सबै भन्दा बढी रिलायन्स स्पिनिंग मिल्सको २७ करोड ६२ लाख बराबरको कारोबार भएको छ भने रिडी पावरको २० करोड ८२  लाख बराबरको कारोबार भएको छ ।

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।