काठमाडौँ । पाकिस्तान क्रिकेट बोर्डले दक्षिण अफ्रिकाका पूर्व क्रिकेटर माइकल स्मिथलाई पाकिस्तान पुरुष राष्ट्रिय क्रिकेट टोलीको ब्याटिङ प्रशिक्षक नियुक्त गरेको छ । ४६ वर्षीय स्मिथले टेस्ट र सीमित ओभर दुवै ढाँचामा टोलीसँग काम गर्नेछन् । उनी दुई वर्षका लागि नियुक्त भएका हुन् । स्मिथले सन् २००३ देखि २०१३ सम्मको खेल जीवनमा ८९ प्रथम श्रेणी, ७२ एकदिवसीय र १६ टी-२० खेल खेलेका थिए । दायाँहाते ब्याटर उनले...










