काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले ३ लाख २० हजार कित्ता संस्थापक समूहको सेयर लिलामी प्रक्रियामार्फत बिक्री खुला गरेको छ। कम्पनीले बुधबारदेखि उक्त सेयर बिक्रीका लागि आवेदन आह्वान गरेको हो। कम्पनीका अनुसार बिक्रीमा राखिएको सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरूले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवेदन दिनुपर्नेछ। आवेदन कम्पनीको सेयर रजिष्ट्रार एनआईसी एशिया क्यापिटलमा पेश...










