Author

Jayanti Shiwakoti

J

प्रधानमन्त्रीको अभिव्यक्तिप्रति प्रतिनिधि सभामा आजपनि विपक्षी दलहरुको विरोध

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले प्रतिनिधि सभामा दिएको सीमासम्बन्धी अभिव्यक्तिको विरोधमा विपक्षी दलहरूले प्रतिनिधि सभा बैठकमा विरोधलाई निरन्तरता दिएका छन् । बिहीबारको बैठक सुरूहुना साथ पक्षी दलहरूका सांसदहरूले सिटबाट उठेर विरोध जनाएका थिए । त्यसपछि बोल्न समय पाएका सांसदहरु हरिनादेवी कामी, यशोदा कुमारी बराल र भीम कुमारी बुढा मगरले प्रधानमन्त्रीले संसदमै आएर आफ्नो अभिव्यक्ति सच्याउनुपर्ने माग...

बालेनका पुलिस होइनौं’ भन्ने डिएसपी चौधरीलाई जिल्ला बोलाइयो

धनगढी । कैलालीमा सार्वजनिक कार्यक्रममा दिएको अभिव्यक्तिका कारण इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायब उपरीक्षक डीएसपी प्रसन्नराज चौधरीलाई जिल्ला प्रहरी कार्यालयमा बोलाइएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीले घोडाघोडी नगरपालिका–५, दरखमा आयोजित लागुऔषधविरुद्धको सचेतनामूलक कार्यक्रममा डीएसपी चौधरीले दिएको अभिव्यक्ति सामाजिक सञ्जालमा भाइरल भएपछि त्यसबारेमा जानकारी लिन र आवश्यक सोधपुछ गर्न...

तेलको भाउ बढाई रहन हुर्मजमा हमला जारी राखेको दावी

तेहरान, २४ असार । इरानद्वारा तीनवटा ट्यांकरमाथि गरिएका आक्रमण गरे पछि विभिन्न अड्कलबाजीहरू सुरु भएका छन्।  कतिपयको बुझाइमा यी आक्रमणहरूको पछाडि केवल सैन्य वा राजनीतिक उद्देश्य मात्र नभई तेल बजारसँग सम्बन्धित रणनीतिहरू पनि हुन सक्छन् भनिन थालिएको छ ।  हालै इरानको निसानामा परेका भनिएका ती तीन ट्यांकरहरूमा कतारको एलएनजी ट्यांकर ‘अल रेकय्यात’, साउदी झण्डावाहक कच्चा तेलको ट्यांकर ‘वेद्यान’ र...

सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पतालका रूपमा सञ्चालन हुदै गेटा अस्पताल

काठमाडौं । सरकारले कैलालीस्थित गेटा अस्पताललाई सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पतालका रूपमा सञ्चालन गर्न स्वीकृति प्रदान गरेको छ । मन्त्रिपरिषद्को बुधबारको निर्णयअनुसार गेटा अस्पताल अब सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयअन्तर्गत शिक्षण अस्पतालका रूपमा सञ्चालन हुने भएको हो । यससँगै अस्पतालबाट विशेषज्ञ स्वास्थ्य सेवा विस्तारका साथै चिकित्साशास्त्र अध्ययन...

सुनचाँदीको मुल्य घट्यो

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार विहिबार सुनको मुल्य तोलाको २४ सयले घटेर तोलाको २ लाख ८४ हजार ७ सयमा कारोबार भइरहेको छ । यसअघि बुधबार सुन तोलाको २ लाख ८७ हजार १ सयमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मुल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको १६० रुपैयाँले घटेर तोलाको ४३४० मा कारोबार भइरहेको छ । यसअघि बुधबार चाँदी...

यूनाइटेड अजोडको सेयरका लागि आजदेखि बोलकबोल, सबै योग्य लगानीकर्ताले आवेदन दिन पाउने

काठमाडौं, २५ असार । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेड ले अवितरित हकप्रद सेयर पुनः बिक्रीका लागि आजदेखि बोलकबोल प्रक्रिया खुला गरेको छ। यसअघि हकप्रद सेयर लिलामीमा बिक्री हुन नसकेको संस्थापक समूहको ६३ हजार ८४७ कित्ता सेयर प्रतिस्पर्धात्मक बोलपत्रमार्फत बिक्रीमा राखिएको हो। कम्पनीका अनुसार यस पटकको बोलकबोलमा व्यक्ति, कम्पनी तथा संघ–संस्थासहित योग्य सबै लगानीकर्ताले सहभागिता जनाउन सक्नेछन्।...

यातायात व्यवसायीलाई महासंघको निर्देशन: बढी भाडा, ओभरलोड र यात्रुमाथि दुव्र्यवहार नगर्न चेतावनी

काठमाडौं, २५ असार । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ ले सार्वजनिक यातायात सेवामा बढ्दो गुनासोप्रति गम्भीर चासो व्यक्त गर्दै व्यवसायीलाई नियम पालना गर्न कडा निर्देशन दिएको छ। महासंघले यात्रु सेवा प्रभावकारी, सुरक्षित र मर्यादित बनाउन कानुनविपरीतका गतिविधि तत्काल रोक्न आग्रह गरेको हो। महासंघका महासचिव डेकनाथ गौतमद्वारा जारी सूचनामा काठमाडौं उपत्यकासहित देशभर सार्वजनिक यातायात सञ्चालनका...

ध्रुवे हात्तीलाई नियन्त्रण लिई रेडियो कलर गरिने

काठमाडौँ । चितवन राष्ट्रिय निकुञ्जबाट गाउँ पसेको ध्रुवे हात्तीलाई नियन्त्रण गर्न अनुगमन सुरू गरिएको छ । गत असार २० गते भरतपुर महानगरपालिका–२३ बेलहट्टामा ध्रुवे हात्तीको आक्रमण परी आमा-छोराको ज्यान गएपछि  ध्रुवे हात्तीको खोजी शुरु गरिएको हो । चितवनको माडी नगरपालिका वडा नम्बर १ घर भइ  हाल भरतपुर महानगरपालिका २३ बेलहट्टा २५ वर्षिया आशिका बोटे र उनका ४ वर्षीय छोरा भरत बोटेको ज्यान गएको थियो...

प्रमुख निर्वाचन आयुक्त र आयुक्तको सुनुवाई प्रक्रिया अगाडी बढ्दै

काठमाडौँ । आज संसदीय सुनुवाई समितिको बैठक बस्दैछ  । बिहान साढे ९ बजेदेखि शुरु हुने बैठकमा प्रमुख निर्वाचन आयुक्त र निर्वाचन आयुक्तको पदमा नियुक्तिका लागि प्रस्तावित व्यक्तिहरूको सम्बन्धमा सुनुवाइ प्रक्रिया अगाडि बढाउने कार्यसूची रहेको समितिले जानकारी दिएको छ । असार १९ गते बसेको संबैधानिक परिषदको बैठकले प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्कीको नाम सिफारिस गरेको थियो भने आयुक्तमा डा. राजीव...

विश्वकपको उपाधि दौडमा अन्तिम आठ देश: कसको सम्भावना कति बलियो ?

काठमाडौँ । जारी फिफा विश्वकप फुटबल अब निर्णायक चरणमा प्रवेश गरेको छ । ९६ खेलपछि अब केवल आठ टोली मात्रै उपाधिको दौडमा बाँकी छन् । तीमध्ये अर्जेन्टिना, इङ्ल्यान्ड, फ्रान्स र स्पेन यसअघि विश्वविजेता बनिसकेका राष्ट्र हुन् भने नर्वे, मोरक्को, स्विट्जरल्यान्ड र बेल्जियम पहिलो पटक विश्वकप जित्ने लक्ष्यसहित अघि बढिरहेका छन् । यसपटकको क्वार्टरफाइनलमा युरोपको वर्चस्व स्पष्ट देखिएको छ । अन्तिम आठमध्ये पाँच...

नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।