काठमाडौँ । जारी फिफा विश्वकपको क्वार्टरफाइनलमा फ्रान्ससँग हुने महत्वपूर्ण खेलअघि मोरक्कोलाई ठूलो धक्का लागेको छ । टोलीका प्रमुख आक्रमणकर्ता इस्माइल साइबारी चोटका कारण आज राति हुने क्वार्टरफाइनल खेल गुमाउने भएका छन् । मोरक्कोका मुख्य प्रशिक्षक मोहम्मद उआहबीले खेलअघिको पत्रकार सम्मेलनमा साइबारी समयमै पूर्ण रूपमा फिट हुन नसकेकाले फ्रान्सविरुद्ध मैदान उत्रन नसक्ने पुष्टि गरेका हुन् । यद्यपि उनको चोट...










