Author

Jayanti Shiwakoti

J

पाकिस्तानमा रेल स्टेशनमा बम विस्फोटः २४ जनाको मृत्यु, ८२ घाइते

पाकिस्तानको दक्षिण–पश्चिमी प्रान्त बलुचिस्तानमा आईतवार बिहान भएको एक शक्तिशाली बम विस्फोटमा परी कम्तीमा २४ जनाको मृत्यु भएको छ भने ८२ जना अन्य घाइते भएका छन् । प्रान्तीय राजधानी क्वेटास्थित रेलवे स्टेशनमा ‘जाफर एक्सप्रेस’ को शटल रेललाई लक्षित गरी उक्त विस्फोट गराइएको प्रहरी स्रोतले जनाएको छ । प्राप्त जानकारीअनुसार ईदको बिदा मनाउन घर जान लागेका सुरक्षाकर्मीहरू सवार उक्त रेल क्वेटा क्यान्टोन्मेन्ट...

सर्वोच्च अदालतमा गोला प्रथाबाट पेशी तोक्ने प्रक्रिया हटाउने तयारीप्रति बार अध्यक्ष मिश्रको आपत्ति

नेपाल बार एशोसिएशनका अध्यक्ष प्रा.डा. विजयप्रसाद मिश्रले सर्वोच्च अदालतमा लागू गरिएको गोलाप्रथा पेशी प्रणाली हटाउने तयारीप्रति आपत्ति जनाउनुभएको छ ।  काठमाडौंमा आयोजित ‘मानसिक सु–स्वास्थ्य र तनाव व्यवस्थापन’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले गोलाप्रथा पेशी प्रणाली हटाउने तयारीप्रति आपत्ति जनाउनुभएको हो । उहाँले गोलाप्रथामार्फत पेशी तोक्नुको सट्टा प्रधानन्यायाधीश स्वयंले पेशी तोक्ने...

परिवारसँगको पुनर्मिलनका लागि सीमा नाका खुला गर्न गजाका महिलाहरूको माग

गजापट्टीमा अड्किएका दर्जनौँ प्यालेस्टिनी महिलाहरूले विदेशमा रहेका आफ्ना पतिहरूसँग पुनर्मिलनका लागि सीमा नाकामा लगाइएको प्रतिबन्ध खुकुलो पार्न माग गर्दै प्रदर्शन गरेका छन् । मध्य गजाको देइर अल–बलाहस्थित अल–अक्सा अस्पतालमा भेला भएका प्रदर्शनकारीहरूले सीमा नाका खोल, पतिसँग बस्न र शान्तिपूर्ण जीवन बिताउन पाउनु हाम्रो अधिकार हो तथा गजाका महिलाहरूको रक्षा गर जस्ता नारा लेखिएका प्लेकार्डहरू प्रदर्शन...

क्यालिफोर्नियामा भीषण आगलागी, १७ हजार विस्थापित

दक्षिणी क्यालिफोर्नियामा फैलिएको भीषण डढेलोका कारण १७ हजारभन्दा बढी मानिसलाई घर खाली गर्न आदेश दिइएको छ । उपनगरीय बस्तीहरूलाई प्रत्यक्ष खतरा पुगेपछि ठूलो स्तरको निकासी अभियान सञ्चालन गरिएको छ । लस एन्जलसबाट करिब ३० माइल (४८ किलोमिटर) उत्तर–पश्चिममा रहेको सिमी भ्याली वरिपरिका पहाडी क्षेत्रमा सोमबारदेखि हावाले तीव्र बनाएको स्यान्डी फायर फैलिएको हो । सुक्खा झाडी क्षेत्रमा सुरु भएको आगलागी बिस्तारै...

नेप्से परिसूचकमा ३० अङ्कको वृद्धि

काठमाडौँ, ६ जेठः धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज भने उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३० दशमलव शून्य आठ अङ्कले उकालो लागेर दुई हजार ७५४ दशमलव ४८ मा पुगेको छ । यो एक दशमलव १० प्रतिशतको वृद्धि हो । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक तीन दशमलव ६८ अङ्कले उकालो लागेर ४७१ दशमलव शून्य छ मा पुगेको छ । कूल ३४६ कम्पनीको एक करोड छ लाख ६१ हजार...

खानेपानी र विद्युत महशुल छुटको माग राखेर प्रदर्शन

खानेपानीमा लगाइएको कर खारेज गर्न तथा विद्युत महशुल छुट दिन माग गर्दै उपभोक्ताहरुले माईतीघरमा प्रदर्शन गरेका छन्। खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ नेपाल (फेडवासन)का नेतृत्वमा बुधवार प्रदर्शन गरिएको हो । महासंघले खानेपानी उपभोक्ता समितिहरुमाथि कर लगाउने सरकारी निर्णय फिर्ता लिन, विद्युत महशुलमा सहुलियत उपलब्ध गराउन तथा अधुरा खानेपानी योजनालाई पर्याप्त बजेट विनियोजन गरी सम्पन्न गर्न सरकारसँग माग...

नेपाललाई युरोपेली संघको हवाई सुरक्षा ‘ब्ल्याक लिस्ट’ बाट हटाउन संरचननागत सुधार गदैछौँः सचिव निरौला

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलाले नेपाललाई युरोपेली संघको हवाई सुरक्षामा ‘ब्ल्याक लिस्ट’ बाट हटाउन संरचननागत सुधार थालिएको बताउनुभएको छ ।  विकास,आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा यसबारे जानकारी दिनुभएको हो । मन्त्रालयका सचिव निरौलाकाअनुसार नेपाललाई युरोपेली संघको हवाई सुरक्षा “ब्ल्याक लिस्ट” बाट हटाउन आवश्यक संरचनागत सुधारको प्रक्रिया अघि बढाइएको हो...

प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३ प्रतिनिधि सभामा पेश

प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३ प्रतिनिधि सभामा पेश गरिएको छ । बुधबार बसेको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री बालेन्द्र साहको तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले सो विधेयक पेश गर्नुभएको हो । त्यसैगरी उहाँले मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३ पनि पेश गर्नुभयो । प्रतिनिधि सभाको अर्को बैठक जेठ ७ गते बिहीबार बिहान ११ बजे बस्नेगरी स्थगित गरिएको...

पशुपति विकास कोष अगाडी स्थानीयको धर्ना

तिलगङ्गाका स्थानियले आफूहरुलाई सुकुम्बासी भनेर हटाएको भन्दै पशुपति विकास कोष अगाडी धर्ना दिएका छन् ।  तिलगंगा बी–१३ का स्थानीयहरुले बुधवार कोष अगाडी धर्ना दिएका हुन् । उनीहरुले सरकारले आफूहरुलाई जग्गा सट्टा गर्ने सम्झौता विपरित बस्तीमा डोजर चलाएको आरोप लगाएका छन् । प्रभावित स्थानीयहरूले २०७१ सालमा गुरुयोजना लागू गर्दा कोषसँग सट्टाभर्नासम्बन्धी सम्झौता गरेको बताएका छन् । उनीहरुले आफूहरूसंग...

प्रधानमन्त्रीले संसदमा नबोलेसम्म विरोध जारी रहन्छः श्रम संस्कृति पार्टी

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई प्रधानमन्त्री बालेन्द्र शाह संसदप्रति जिम्मेवार र उत्तरदायी नहुञ्जेलसम्म संसदमा आफ्नो पार्टीको विरोध जारी रहने बताउनुभएको छ ।  बुधवार संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सरकारको गृहमन्त्री समेत प्रधानमन्त्री स्वयं भएको उल्लेख गर्दै मन्त्रालयसँग सम्बन्धीत प्रश्नहरुको जवाफ दिनुपर्नेमा जोड दिनुभयो । उहाँले गृह...

नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।