पशुपति विकास कोष अगाडी स्थानीयको धर्ना

तिलगङ्गाका स्थानियले आफूहरुलाई सुकुम्बासी भनेर हटाएको भन्दै पशुपति विकास कोष अगाडी धर्ना दिएका छन् । 


तिलगंगा बी–१३ का स्थानीयहरुले बुधवार कोष अगाडी धर्ना दिएका हुन् । उनीहरुले सरकारले आफूहरुलाई जग्गा सट्टा गर्ने सम्झौता विपरित बस्तीमा डोजर चलाएको आरोप लगाएका छन् । प्रभावित स्थानीयहरूले २०७१ सालमा गुरुयोजना लागू गर्दा कोषसँग सट्टाभर्नासम्बन्धी सम्झौता गरेको बताएका छन् । उनीहरुले आफूहरूसंग लालपुर्जा भएको दाबी गरेका छन् ।

केही भने गुठीको जग्गा रहेको छ । गुठीबाट नै जात्रापुजा लगायतका गतिविधी गर्ने गरिएको उनीहरुको भनाई छ ।  कोषले  गुरुयोजना बनाउँदा स्थानीयलाई गोठाटार क्षेत्रमा चार आना जग्गा उपलब्ध गराउने सहमति गरेको थियो । तर उक्त गुरुयोजना कार्यन्वयन नगरि बस्तीमा डोजर चलाईएको स्थानियको आरोप छ । स्थानियका अनुसार पशुपति बजार र वनकाली क्षेत्रका बासिन्दालाई भने सट्टा जग्गा उपलब्ध गराएको छ । तर आफूहरूलाई भने सुकुम्बासीको सूचीमा राखेर बस्तीमा डोजर चलाएको स्थानियको गुनासो छ । स्थानियका अनुसार कोषसँग सरकारी मूल्याङ्कनमा आफ्नो जग्गा बेच्ने र कोषले उपलब्ध गराउने जग्गा सरकारी मूल्याङ्कनमै खरिद गर्नेगरि सम्झौता भएको थियो । 


धर्नामा स्थानियले डोजर चल्यो बस्तीमा घर छैन, पीडितको सुन दिने कोही छैन !, हामी पीडित हौँ, पीडक होइनौँ, हामी सुकुम्बासी होइनौँ, स्थानिय हौँ, हाम्रो वस्ती, न खोलाको मापदण्ड, न सडकको मापदण्ड, न जोमिख क्षेत्र फेरि किन डोजर आतंक ?, पशुपतिको बृहतीकरण र विकासको विमित्त चक्रपथमा जोडिएको आफ्नो स्थान छोडी ६ किलोमिटर पर स्थान्तरण हुन राजी हुनु के हाम्रो गल्ती हो ?, गुरुयोजना अनुरुपको स्थानान्तराण खै ?, गूरुयोजनालाई आधार मानेर अधिकरण गर्ने तर गुरुयोजनामै लेखिएको स्थानान्तरणलाई नमान्ने ?, डोजर चल्यो १९ मा जानकारी आयो २१ मा !, विश्व सम्पदा सुचीभित्र डोजर चलाउन आदेश दिनेलाई कारबाही खोई ? लेखिएका प्लेकार्ड राखेका छन् ।

About the author

Jayanti Shiwakoti
By Jayanti Shiwakoti
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।