Author

Jayanti Shiwakoti

J

प्रचण्ड नेतृत्वको नेकपाले भन्यो- सीमा बारे प्रधानमन्त्रीको अभिव्यक्ति गैरजिम्मेवारपूर्ण

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीले प्रधानमन्त्रीले प्रतिनिधिसभामा नेपाल–भारत सीमा सम्बन्धमा दिएको अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । पार्टीले उक्त अभिव्यक्ति गैरजिम्मेवारपूर्ण, राष्ट्रिय सार्वभौमसत्ता र भौगोलिक अखण्डताको प्रतिकूल तथा स्थापित ऐतिहासिक तथ्यविपरीत रहेको भन्दै घोर निन्दा र भर्त्सना गरेको छ । पार्टीका प्रवक्ता प्रकाश ज्वालाद्वारा जारी विज्ञप्तिमा अन्तर्राष्ट्रिय जमिन...

राष्ट्रिय सभाबाट निर्वाचनसम्बन्धी दुई विधेयक पारित

काठमाडौं ।  राष्ट्रिय सभाबाट निर्वाचनसम्बन्धी दुई विधेयक पारित भएका छन् । आइतबार बसेको बैठकमा प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३ र मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३ बहुमतले पारित भएको हो । यसअघि बैठकमा प्रधानमन्त्री एवं गृहमन्त्री वालेन्द्र शाहका तर्फबाट कानुन,न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ती विधेयक पारित गरियोस्...

नेपालले पनि भारतको भूमि मिचेको रहेछ, सीमा विवाद अध्ययन गरेर समाधान गर्छौं- प्रधानमन्त्री शाह

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले नेपालले पनि भारतको भूमि मिचेको बताएका छन् । प्रतिनिधि सभामा सांसदहरुको प्रश्नको जवाफ दिदै आफु प्रधानमन्त्री बनेपछि नेपालले पनि भारतको भूमि मिचेको थाहा पाएको बताउदै लिपुलेकसहितका सबै विषय भारतसँग छलफल गरेर समाधान गर्ने बताए ।  श्रम संस्कृति पार्टीका आरेन राईले लिपुलेक लिम्पियाधुरा र कालापानीको विषयमा सोधेको प्रश्नको जवाफ दिदै प्रधानमन्त्री बालेनले दुवै...

फलाखु खोला जलविद्युत आयोजनामा ९५ करोड २० लाख लगानी सुनिश्चित

काठमाडौँ । एनआईसी एशिया बैंकले आफ्नो लगानी पोर्टफोलियो विविधिकरण गर्ने क्रममा जलविद्युत क्षेत्रमा लगानी विस्तार बढाएको छ । यसैक्रममा बैंक र रसुवा हाइड्रोपावर लिमिटेडबीच नौकुण्ड गाउँपालिकास्थित, रसुवा जिल्लामा रहेको ७.२९ मेगावाट जलविद्युत उत्पादन क्षमता भएको फलाखु खोला जलविद्युत आयोजनामा ९५ करोड २० लाख रुपैयाँ लगानी गर्ने विषयमा समझदारीपत्रमा हस्ताक्षर भएको छ । एक कार्यक्रमकाबीच उक्त...

संसदमा रास्वपा सांसद आशिका तामाङ आक्रोशित भएपछि…

काठमाडौं । प्रतिनिधि सभा बैठकमा रास्वपा सांसद आशिका तामाङ आक्रोशित रुपमा प्रस्तुत भएकी छन् । प्रधानमन्त्री बालेन्द्र शाहले आकस्मिक रुपमा संसदमा उपस्थित भएर सांसदहरुको प्रश्नको जवाफ दिएपछि बाहिरिएपछि विपक्षी दलका सांसदहरुले नियमापत्ति गरेपछि रास्वपा सांसद आक्रोशित भएकी हुन् । उनी आफ्नो सिटबाट उठेर अघिल्लो लहरतर्फ अघि बढेपछि उनलाई रास्वपाकै सांसदहरु ज्वाला संग्रौला, भूमिका श्रेष्ठ, गणेश पराजुली...

राप्रपा विभाजित: नयाँ राष्ट्र्वादी शक्ति निर्माण गर्ने डा. धवलशमशेर राणाको घोषणा

काठमाडौँ । राप्रपा विभाजन हुने निश्चित भएको छ । महामन्त्री डा. धवलशमशेर राणाले  विश्वसनीय राष्ट्र्वादी शक्ति निर्माण गर्ने बताउदै अगाडी बढ्ने स्पष्ट गरेका छन् । उनले आफुले विगत चार वर्ष जनभावनाअनुकूल अघि बढाउने प्रयास गरेको तर, विरोधाभाष र सैद्धान्तिक द्विविधाबीच गलत बाटोमा हिँड्ने हिँडाउने क्रमले राप्रपा जनताबाट दण्डित भएको उल्लेख गर्दै राप्रपाको बाटो सहि लागे त्यहि बस्न र नलागे नयाँ...

राज्यको क्षमता अनुसारको बजेट ल्याएको अर्थमन्त्री डा. वाग्लेको दाबि

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट राज्यको क्षमताअनुसार ल्याएको दाबी गरेका छन् ।  बजेट बारे  छलफल गर्न आइतबार अर्थमन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री डा. वाग्लेले बजेटको आकार ठूलो नभई कुल गार्हस्थ्य उत्पादनको करिब २८.५ प्रतिशत मात्र रहेको स्पष्ट गर्दै राज्यको क्षमता अनुसारको बजेट ल्याइएको दाबी गरेका हुन् । उनले प्रारम्भमा २५ खर्ब...

संसदमा प्रधानमन्त्री शाहको जवाफप्रति महेश बस्नेतको टिप्पणी

काठमाडौँ । नेकपा एमालेका सचिव महेश बस्नेतले संसदमा प्रधानमन्त्री बालेन्द्र शाहले दिएका जवाफप्रति असन्तुष्टि जनाउँदै नेतृत्वको तयारी, निर्णय क्षमता र जिम्मेवारीबोधमाथि गम्भीर प्रश्न उठाएको बताएका छन् । सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै बस्नेतले विद्युतीय चुलोको प्रयोग बढ्दा ट्रान्सफर्मर र सबस्टेसनले भार धान्न नसक्ने प्रधानमन्त्रीको अभिव्यक्ति, बाँदर नियन्त्रणका विषयमा अझै अध्ययनकै चरणमा रहेको...

चन्द्र भण्डारीको प्रधानमन्त्री शाहलाई आग्रह- भारतको सीमा मिचेको आधार सार्बजनिक होस्

काठमाडौँ । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले नेपाल–भारत सीमा सम्बन्धी विषयमा सरकारको स्पष्ट धारणा माग गर्दै सीमा मिचिएको भन्ने दाबीको आधार सार्वजनिक गर्न आग्रह गरेका छन् । उनले प्रधानमन्त्री बालेन्द्र शाहलाई सम्बोधन गर्दै नेपालले कुनै पनि छिमेकी मुलुकको सार्वभौमिकताको सम्मान गर्ने नीति लिएको र आफैंले कसैको भूमि मिच्ने काम नगरेको स्पष्ट पारेका छन् । बरु, नेपालको आफ्नै भूमि र राष्ट्रिय सीमाको...

फरार टिकटककर तुलसा अधिकारी इन्टरपोलको फन्दामा

काठमाडौं । टिकटककर तुलसा अधिकारी भन्ने तुलसी अधिकारीलाई थाइल्यान्डमा पक्राउ परेकी छन्। उनीविरुद्ध इन्टरपोलमार्फत रेड कर्नर नोटिस जारी गरिएको थियो। जिल्ला प्रहरी परिसर ललितपुरका एसपी गौतम मिश्रका अनुसार पक्राउपछि उनलाई नेपाल ल्याएर परिसरको हिरासतमा राखिएको छ। प्रहरीका अनुसार पछिल्लो समय तुलसा अधिकारी चीनमा बस्दै आएकी थिइन्। चीनबाट थाइल्यान्ड पुगेपछि इन्टरपोलको समन्वयमा उनलाई पक्राउ गरिएको हो।...

नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।