चन्द्र भण्डारीको प्रधानमन्त्री शाहलाई आग्रह- भारतको सीमा मिचेको आधार सार्बजनिक होस्

काठमाडौँ । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले नेपाल–भारत सीमा सम्बन्धी विषयमा सरकारको स्पष्ट धारणा माग गर्दै सीमा मिचिएको भन्ने दाबीको आधार सार्वजनिक गर्न आग्रह गरेका छन् ।

उनले प्रधानमन्त्री बालेन्द्र शाहलाई सम्बोधन गर्दै नेपालले कुनै पनि छिमेकी मुलुकको सार्वभौमिकताको सम्मान गर्ने नीति लिएको र आफैंले कसैको भूमि मिच्ने काम नगरेको स्पष्ट पारेका छन् । बरु, नेपालको आफ्नै भूमि र राष्ट्रिय सीमाको संरक्षण तथा व्यवस्थापनलाई अझ प्रभावकारी बनाउनुपर्ने उनको भनाइ छ।

उनले भनेका छन्- ‘नेपालले भारतको सीमा मिचेको भन्ने दाबीको आधार, स्रोत वा प्रमाण के हो ? यदि सरकारसँग त्यस्तो कुनै आधिकारिक तथ्य, नक्सा, सन्धि वा दस्तावेज छ भने सार्वजनिक गर्न आग्रह गर्दछु ।’

भण्डारीले सीमा सम्बन्धी विषयमा दीर्घकालीन राष्ट्रिय नीति बनाउन, कूटनीतिक पहललाई बलियो बनाउन र सबै नेपालीबीच एकै किसिमको धारणा विकास गर्न आवश्यक रहेको बताएका छन् ।

About the author

Jayanti Shiwakoti
By Jayanti Shiwakoti
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।