काठमाडौं । टिकटककर तुलसा अधिकारी भन्ने तुलसी अधिकारीलाई थाइल्यान्डमा पक्राउ परेकी छन्। उनीविरुद्ध इन्टरपोलमार्फत रेड कर्नर नोटिस जारी गरिएको थियो।
जिल्ला प्रहरी परिसर ललितपुरका एसपी गौतम मिश्रका अनुसार पक्राउपछि उनलाई नेपाल ल्याएर परिसरको हिरासतमा राखिएको छ।
प्रहरीका अनुसार पछिल्लो समय तुलसा अधिकारी चीनमा बस्दै आएकी थिइन्। चीनबाट थाइल्यान्ड पुगेपछि इन्टरपोलको समन्वयमा उनलाई पक्राउ गरिएको हो।
उनलाई सोमबार जिल्ला अदालत ललितपुरमा उपस्थित गराउने तयारी भइरहेको प्रहरीले जनाएको छ।
तुलसा अधिकारीविरुद्ध यसअघि नै प्रहरीमा मुद्दा दर्ता भइसकेको थियो। उनीमाथि आपराधिक लाभ तथा ठगीसम्बन्धी कसुरको आरोप रहेको छ।
यस घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

