Author

Jayanti Shiwakoti

J

रबि लामिछानेको सक्रियता बढयो, सर्बदलीय बैठक पछि शितलनिवास पुगे

काठमाडौं, १३ असार । सर्बदलीय बैठक पछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने राष्ट्रपति निवास पुगेका छन ।  राष्ट्रपति कार्यालयका अनुसार आज राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भेट गरेका हुन ।  सो क्रममा सभापति लामिछानेले समसामयिक तथा पछिल्लो राजनीतिक अवस्था तथा सुनसरी घटनाका विषयमा छलफल गर्न बोलाएको सर्वदलीय बैठकमा बारेमा जानकारी...

एलन मस्कको वित्तीय सेवामा प्रवेश, शुरु गरे ‘एक्स मनी’

काठमाडौँ । अर्बपति व्यवसायी एलन मस्कको स्वामित्वमा रहेको सामाजिक सञ्जाल एक्सले नयाँ वित्तीय सेवा ‘एक्स मनी’ सार्वजनिक गरेको छ । यो सेवामार्फत प्रयोगकर्ताले एकअर्कालाई तत्काल रकम पठाउन सक्नेछन् । कम्पनीका अनुसार ‘एक्स मनी’ कुनै नयाँ बैंक भने होइन । यसले क्रस रिभर बैंकको बैंकिङ सेवा र प्रविधिको प्रयोग गर्दै आफ्नै ब्रान्डमार्फत सेवा उपलब्ध गराइरहेको छ । नयाँ बैंक स्थापना गर्न लामो समय र ठूलो लागत...

सुनसरी घटनाबारे सर्वदलीय बैठकको संयुक्त अपिल, सामाजिक सद्भाव जोगाउन सबै दल एकजुट

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको आह्वानमा मंगलबार बसेको सर्वदलीय बैठकले सुनसरीसहित विभिन्न जिल्लामा हालै विकसित संवेदनशील घटनाक्रमप्रति गम्भीर चिन्ता व्यक्त गर्दै राष्ट्रिय एकता र सामाजिक सद्भाव कायम राख्न संयुक्त अपिल जारी गरेको छ। साउन १३ गते सम्पन्न बैठकपछि जारी संयुक्त वक्तव्यमा सुनसरीलगायत विभिन्न जिल्लामा भएका दुःखद घटनाले सिर्जना गरेको असहज परिस्थितिको गम्भीर...

दुई महिनाभित्र हेटौंडा कपडा उद्योगको परीक्षण उत्पादन सुरु हुने

काठमाडौँ । लामो समयदेखि बन्द रहेको हेटौंडा कपडा उद्योग पुनः सञ्चालनको प्रक्रिया अघि बढेको छ। उद्योग पुनः सञ्चालनका लागि गठित अध्ययन कार्यदलले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवलाई प्रतिवेदन बुझाएको छ। प्रतिवेदनअनुसार नेपाली सेनाले आगामी दुई महिनाभित्र उद्योगबाट परीक्षण उत्पादन सुरु गर्ने लक्ष्य राखेको छ। त्यसका लागि अर्थ मन्त्रालयले ३३ लाख रुपैयाँ बजेट निकासा गरिसकेको छ। सेनाको...

पूर्व अमिरको निधनप्रति समवेदना व्यक्त गर्न उपराष्ट्रपति यादव कतार प्रस्थान

काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादव कतारका पूर्व अमिर शेख हमद बिन खलिफा अल थानीको निधनप्रति नेपाल सरकारको तर्फबाट समवेदना व्यक्त गर्न सोमबारदेखि तीनदिने औपचारिक भ्रमणमा कतार प्रस्थान गरेका छन् । परराष्ट्र मन्त्रालयका अनुसार उपराष्ट्रपति यादव असार ३० देखि साउन १ गते (१४–१६ जुलाई २०२६) सम्म कतार भ्रमणमा रहने छन् । भ्रमणका क्रममा उनले साउन १ गते कतारका अमिर शेख तमिम बिन हमद अल थानीलाई...

हास्यप्रधान चलचित्रबाट अक्षयकुमारको कमब्याक

काठमाडौं । बलिवुड अभिनेता अक्षय कुमारले पछिल्ला चार चलचित्रको सफलतासँगै पुनः बक्स अफिसमा आफ्नो प्रभाव स्थापित गरेका छन् । महामारीअघि सामाजिक सन्देश बोकेका चलचित्रमार्फत सफलता हासिल गरेका अक्षयका यस्ता चलचित्र पछिल्लो समय अपेक्षाअनुसार सफल हुन सकेका थिएनन् । तर हाउसफुल-५, जोली एलएलबी-३, भूत बंगला र वेलकम टु द जङ्गलले बक्स अफिसमा राम्रो व्यापार गरेपछि उनी फेरि हास्यप्रधान र ठूला पर्दामा रमाइलो...

रञ्जु दर्शना भन्छिन्- रोग, शोक र भोकमा बग्ने आसुँ झुटो हुँदैन, सरकारले पाठ सिकोस्

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद रञ्जु दर्शनाले सुकुम्बासी व्यवस्थापन र गणेश नेपालीको आत्मदाह प्रयासको घटनाप्रति सरकार गम्भीर बन्नुपर्ने बताएकी छन् । उनले रोग, शोक र भोकका कारण बगेका आँसु कहिल्यै झुटो नहुने भन्दै सरकारलाई विपन्न नागरिकका पीडाप्रति संवेदनशील हुन आग्रह गरेकी छन्। सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उनले सुकुम्बासी व्यवस्थापनका क्रममा दूध चुसाइरहेका...

समाजमा आशा मर्‍यो भने विश्वास जीवित रहन्न, प्रधानमन्त्री गम्भीरताप्रति गम्भीर बन्नोस्- विश्वप्रकाश शर्मा

काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले गणेश नेपालीको आत्मदाहको घटनालाई नागरिकमा बढ्दो निराशाको प्रतिनिधि घटना भएको टिप्पणी गरेका छन् ।  शर्माले सामाजिक सञ्जालमा टिप्पणी गर्दै समाजमा आशा जगाउने वातावरण निर्माण गर्न सरकार गम्भीर बन्नुपर्ने बताउदै पुराना गएर नयाँ आएपछि समाजमा अपेक्षित आशा सिर्जना हुन नसकेको र यसको कारण गहिरो रूपमा विश्लेषण गर्न आवश्यक रहेको बताएका छन् ।...

आफ्नै शरिरमा आगो लगाएका नेपालीको निधन

काठमाडौँ । त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि आत्मदाहको प्रयास गरेका मुगुका गणेश नेपालीको उपचारको क्रममा मृत्यु भएको छ । नेपालीको वीर अस्पतालको बर्न सेन्टरमा मेकानिकल भेन्टिलेटरमा उपचारको क्रममा मृत्यु भएको हो । हाल भक्तपुर बसिरहेका मुगुको सोरू गाउँपालिका-२ का २५ वर्षीय नेपालीले बिहीबार त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडी मोटरसाइकल पार्किङको विषयमा महानगर प्रहरीसँग विवाद भएपछि आफ्नो शरीरमा...

झिंगाले निकै सताएको छ, उसो भए यो घरेलु उपाय लगाउनुहाेस्

काठमाडौं, २६ असार । घर सफा गर्ने क्रममा भुइँ पुछ्नु (मपिङ गर्नु) एउटा नियमित प्रक्रिया हो तर, प्रायः भुइँ सफा गरेर टल्काएको केही समयमै त्यहाँ झिंगाहरू घुम्न थाल्छन्। यसले मानिसहरूलाई सोच्न बाध्य बनाउँछ कि सफाइ गरिसकेपछि पनि किन झिंगाहरू आउँछन्। वास्तवमा भुइँ पुछ्दैमा झिंगाको समस्या पूर्ण रूपमा समाधान हुँदैन, यदि घरमा तिनलाई आकर्षित गर्ने कुनै चीजहरू छन् भने, तिनीहरू बारम्बार आइरहने छन्। झिंगाहरू...

नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।