Home

H

प्रधानमन्त्री शाहसँग भारतीय विदेश सचिव मिश्रीको शिष्टाचार भेट

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहसँग भारतीय विदेश सचिव विक्रम मिश्रीले शिष्टाचार भेट गरेका छन् ।  विहिबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यलयले प्रधानमन्त्री शाहसँग मिश्रीले शिष्टाचार भेटवार्ता गरेका हुन् । भेटमा दुईपक्षीय सम्बन्ध तथा प्रधानमन्त्री शाहको भारत भ्रमणका विषयमा समेत कुराकानी भएको बताइएको छ । प्रधानमन्त्री शाहलाई भेटेपछि मिश्री रास्वपा सभापति रवि लामिछानेसँग भेट...

लुम्बिनी लायन्सले जनकपुरलाई दियो १५० रनको लक्ष्य

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको आजको पहिलो खेलमा लुम्बिनी लायन्सले जनकपुर बोल्ट्सलाई १५० रनको लक्ष्य दिएको छ । टस हारेर पहिला ब्याटिंग गरेको लुम्बिनीले २० ओभरमा ८ विकेट गुमाएर १४९ रन बनाएको हो । लुम्बिनीका लागि कप्तान रोहित पौडेलले सर्बाधिक ३४ रन बनाएका थिए भने निरोशन डिकवेलाले २७ रन बनाएका थिए । त्यस्तै दिलिप नाथले २५ रन बनाए भने आसिफ सेखले २१, सामिम हुसैनले १३ र रुबेन...

२४ घण्टामा देशभर सवारी दुर्घटनामा १४ को मृत्यु, १४७ जना घाइते

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा १४ जनाको मृत्यु भएको छ भने १४७ जना घाइते भएका छन् । नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा कोशी प्रदेश र सुदूरपश्चिम प्रदेशमा ४-४ जनाको मृत्यु भएको छ भने लुम्बिनी प्रदेशमा ३ जनाको तथा मधेश, बागमती र गण्डकी प्रदेशमा एक एक जनाको मृत्यु भएको छ ।   त्यस्तै देशभर भएका दुर्घटनामा १४७ जना घाइते भएका छन् । जस...

चलचित्र ‘पाँच पाण्डव’ पूर्वनिर्धारित मितिमै प्रदर्शन हुने

काठमाडौं । चलचित्र ‘पाँच पाण्डव’ कात्तिक २० गते अर्थात् शुक्रबारदेखि देशभरका हलमा प्रदर्शन हुने भएको छ । चलचित्रको प्रदर्शन रोकिएको भन्ने खबर सार्वजनिक भएपछि निर्माण पक्षले पूर्वनिर्धारित मितिमै प्रदर्शन हुने स्पष्ट पारेको हो । यसअघि सञ्चार मन्त्रालयले चलचित्रको विषयमा विवाद भएपछि छलफलका लागि बोलाएको थियो । सो छलफलमा पनि निर्धारित समयमा नै चलचित्र प्रदर्शन गर्ने सहमति भएको थियो ।  ...

सरकारको निर्णयविरुद्ध दानबहादुर कार्की सर्वोच्चमा

काठमाडौँ । दानबहादुर कार्कीले आफुलाई महानिरीक्षकबाट हटाउने सरकारको निर्णयविरूद्ध सर्वोच्च अदालतमा रिट दिएका छन् ।

कार्कीले वारेसमार्फत् रिट दिएका हुन् । सर्वोच्च प्रशासनले रिट अध्ययन गरिरहेको र दर्ता गर्न बाँकी रहेको बताइएको छ ।

सरकारले कार्कीलाई विहिबार महानिरीक्षकबाट हटाएर प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार बनाएको थियो ।

कार्कीले आफूलाई पुनर्बहाली गर्न माग गर्दै रिट दिएका छन् ।

Post Views: 100 25

सिरहामा ट्रक र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

सिरहा । सिरहाको सिरहा नगरपालिका–११ भलुवाहीस्थित चौहर्वा–सिरहा सडक खण्डमा ट्रक र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । बिहीबार बिहान चौहर्वाबाट सिरहातर्फ जाँदै गरेको विद्युत् प्राधिकरण मधेश प्रदेशको प्रादेशिक कार्यालय जनकपुरको ना.१ घ.५५३ नम्बरको ट्रक र सिरहाबाट चौहर्वातर्फ आउँदै गरेको स.९ प.७६५० नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका थिए । दुर्घटनामा मोटरसाइकलमा सवार नाम र ठेगाना नखुलेका दुई...

राष्ट्र बैंकले सुनको असर्फी र चाँदीको मेडालियन आजदेखि बिक्री गर्दै

काठमाडौं । नेपाल राष्ट्र बैंकले तिहारलाई लक्षित गर्दै आज र भोली सुनको असर्फी र चाँदीको मेडालियन बिक्री शुरु गरेको छ । राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागअन्तर्गत टक्सार महाशाखाले आज र भोली सुनको असर्फी तथा चाँदीको मेडालियन बिक्री गर्न लागेको हो । राष्ट्र बैंकका अनुसार प्रतिव्यक्ति २.५ ग्रामको एक थान सुनको असर्फी र १० ग्रामको एक थान चाँदीको मेडालियन बिक्री गर्ने जनाएको छ । चाँदीको मेडालियनमा...

जनकपुर बोल्ट्सले टस जित्यो, लुम्बिनीले पहिला ब्याटिंग गर्ने

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा जनकपुर बोल्ट्स र लुम्बिनी लायन्स आमने सामने हुदैछन् । यस खेलमा जनकपुर बोल्ट्सले टस जितेको छ । जनकपुर बोल्ट्सका कप्तान हरमित सिंहले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेका छन् । योसँगै लुम्बिनी लायन्सले पहिला ब्याटिंग गर्ने भएको छ ।   जारी प्रतियोगितामा लुम्बिनी लायन्स अपराजित रहदै शिर्ष स्थानमा रहेको छ । तीन खेल खेलेको...

कांग्रेस सहमहामन्त्री शिवाकोटीलाई साइबर ब्युरोले बोलायो

काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री अजयबाबु शिवाकोटीलाई नेपाल प्रहरीको साइबर ब्युरोले बोलाएको छ । काठमाडौंबाहिर धार्मिक यात्रामा रहेका उनलाई फोन सम्पर्क गरी साइबर ब्युरोमा बोलाइएको हो । शिवाकोटीले आफू साइबर ब्युरोमा जाने बताउदै आफूलाई प्रहरी लगाएर खोज्नु नपर्ने बताएका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्- ‘सरकार तिम्रो भय र पारेको भ्रमले विचलित हुन्नँ, प्रहरी लगाएर खोज्नु...

पहिलो त्रैमासिकमा सिँचाइ आयोजनाको २३९ करोड खर्च, महाकालीको भौतिक प्रगति ९७ प्रतिशत

काठमाडौं । आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासिकमा जलस्रोत तथा सिँचाइ विभागअन्तर्गतका आयोजनामा २३९ करोड ३० लाख रुपैयाँ खर्च भएको छ । विभागको कुल खर्चमध्ये ८८ प्रतिशत रकम पुँजीगत अर्थात् निर्माण कार्यमा खर्च भएको महानिर्देशक दिनेश रजौरियाले बताएका छन् । पहिलो त्रैमासिकमा महाकाली सिँचाइ आयोजनाले भौतिक लक्ष्यको ९७.२ प्रतिशत प्रगति गरेको छ । आयोजनामा ४३ करोड ७० लाख रुपैयाँ खर्च भएको छ, जुन त्रैमासिक...

नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।