प्रधानमन्त्री शाहसँग भारतीय विदेश सचिव मिश्रीको शिष्टाचार भेट

प

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहसँग भारतीय विदेश सचिव विक्रम मिश्रीले शिष्टाचार भेट गरेका छन् । 

विहिबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यलयले प्रधानमन्त्री शाहसँग मिश्रीले शिष्टाचार भेटवार्ता गरेका हुन् । भेटमा दुईपक्षीय सम्बन्ध तथा प्रधानमन्त्री शाहको भारत भ्रमणका विषयमा समेत कुराकानी भएको बताइएको छ ।

प्रधानमन्त्री शाहलाई भेटेपछि मिश्री रास्वपा सभापति रवि लामिछानेसँग भेट गर्दैछन् ।

मिश्री परराष्ट्र सचिव अमृतबहादुर राईको निमन्त्रणामा भारतका विदेश सचिव मिश्री बुधबार नेपाल आएका थिए । उनी आफ्नो दुई दिने भ्रमण सकेर आजै स्वदेश फर्किने तालिका छ ।

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।