Home

H

राष्ट्र बैंकले सुनको असर्फी र चाँदीको मेडालियन आजदेखि बिक्री गर्दै

काठमाडौं । नेपाल राष्ट्र बैंकले तिहारलाई लक्षित गर्दै आज र भोली सुनको असर्फी र चाँदीको मेडालियन बिक्री शुरु गरेको छ । राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागअन्तर्गत टक्सार महाशाखाले आज र भोली सुनको असर्फी तथा चाँदीको मेडालियन बिक्री गर्न लागेको हो । राष्ट्र बैंकका अनुसार प्रतिव्यक्ति २.५ ग्रामको एक थान सुनको असर्फी र १० ग्रामको एक थान चाँदीको मेडालियन बिक्री गर्ने जनाएको छ । चाँदीको मेडालियनमा...

जनकपुर बोल्ट्सले टस जित्यो, लुम्बिनीले पहिला ब्याटिंग गर्ने

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा जनकपुर बोल्ट्स र लुम्बिनी लायन्स आमने सामने हुदैछन् । यस खेलमा जनकपुर बोल्ट्सले टस जितेको छ । जनकपुर बोल्ट्सका कप्तान हरमित सिंहले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेका छन् । योसँगै लुम्बिनी लायन्सले पहिला ब्याटिंग गर्ने भएको छ ।   जारी प्रतियोगितामा लुम्बिनी लायन्स अपराजित रहदै शिर्ष स्थानमा रहेको छ । तीन खेल खेलेको...

कांग्रेस सहमहामन्त्री शिवाकोटीलाई साइबर ब्युरोले बोलायो

काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री अजयबाबु शिवाकोटीलाई नेपाल प्रहरीको साइबर ब्युरोले बोलाएको छ । काठमाडौंबाहिर धार्मिक यात्रामा रहेका उनलाई फोन सम्पर्क गरी साइबर ब्युरोमा बोलाइएको हो । शिवाकोटीले आफू साइबर ब्युरोमा जाने बताउदै आफूलाई प्रहरी लगाएर खोज्नु नपर्ने बताएका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्- ‘सरकार तिम्रो भय र पारेको भ्रमले विचलित हुन्नँ, प्रहरी लगाएर खोज्नु...

पहिलो त्रैमासिकमा सिँचाइ आयोजनाको २३९ करोड खर्च, महाकालीको भौतिक प्रगति ९७ प्रतिशत

काठमाडौं । आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासिकमा जलस्रोत तथा सिँचाइ विभागअन्तर्गतका आयोजनामा २३९ करोड ३० लाख रुपैयाँ खर्च भएको छ । विभागको कुल खर्चमध्ये ८८ प्रतिशत रकम पुँजीगत अर्थात् निर्माण कार्यमा खर्च भएको महानिर्देशक दिनेश रजौरियाले बताएका छन् । पहिलो त्रैमासिकमा महाकाली सिँचाइ आयोजनाले भौतिक लक्ष्यको ९७.२ प्रतिशत प्रगति गरेको छ । आयोजनामा ४३ करोड ७० लाख रुपैयाँ खर्च भएको छ, जुन त्रैमासिक...

औद्योगिक विकास र व्यापार सहजीकरणका लागि नेपाल प्रत्यायन केन्द्र स्थापना

काठमाडौं । सरकारले नेपालको औद्योगिक विकास र व्यापार सहजीकरण गर्ने उद्देश्यले नेपाल प्रत्यायन केन्द्र स्थापना गरेको छ । त्रिपुरेश्वरस्थित केन्द्रको उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री इन्जिनियर दीपककुमार साहले उद्घाटन गरेका छन् । केन्द्रको स्थापनाले नेपाली उद्योगको उत्पादन लागत घटाउन, गुणस्तर सुधार गर्न र नेपाली वस्तुलाई अन्तर्राष्ट्रिय बजारमा स्थापित गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । मन्त्री...

अमेरिकी मध्यावधि निर्वाचनमा मस्क एक्लैले ४५ करोड डलर खर्च गरेको दाबी

काठमाडौँ । अमेरिकी अर्बपति एलन मस्कले मध्यावधि निर्वाचनमा रिपब्लिकन उम्मेदवारलाई जिताउन करिब ४५ करोड डलर खर्च गरे पनि डेमोक्र्याटिक पार्टीले उल्लेखनीय जित हासिल गरेपछि अहिले यो विषय चर्चाको विषय बनेको छ । निर्वाचनमा कुनै एक व्यक्तिले खर्च गरेको यो अहिलेसम्मकै ठूलो रकम भएको बताइएको छ । मस्कले टेक्सससहित एरिजोना, मिसिगन, विस्कन्सिन र मिनेसोटाका विभिन्न निर्वाचन क्षेत्रमा रिपब्लिकन उम्मेदवारको...

सुन एकैदिन तोलाको १३ हजार ३ सयले बढ्यो

काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १३ हजार ३ सयले बढेर दुई लाख ८८ हजार ९ सयमा कारोबार भइरहेको छ । यसअघि बुधबार सुन प्रतितोला दुई लाख ७५ हजार ६ सयमा कारोबार भएको थियो  ।  त्यस्तै, चाँदीको मूल्य प्रतितोला २६५ रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला ३९२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।...

व्यापक पुनर्संरचना गर्दै क्यानभा, १२ सयभन्दा बढी कर्मचारी प्रभावित हुने

काठमाडौँ । अस्ट्रेलियाको चर्चित नवप्रवर्तनशील कम्पनी क्यानभाले आफ्नो व्यवसायमा व्यापक पुनर्संरचना गर्ने घोषणा गरेको छ । यसबाट कम्पनीका २२ प्रतिशत कर्मचारी प्रभावित हुनेछन् । कम्पनीका अनुसार १ हजार २७१ जनाले जागिर गुमाउने, कार्यस्थल परिवर्तन गर्नुपर्ने वा नयाँ जिम्मेवारी लिनुपर्नेछ । कम्पनीकी सहसंस्थापक तथा प्रमुख कार्यकारी अधिकृत मेलानी पर्किन्सले १३ वर्षे इतिहासकै सबैभन्दा कठिन निर्णय भएको...

गोकुल बास्कोटाको व्यंग्य- घण्टी घनचक्करको घन अदालत कि पशुपतिमा बज्रला ?

काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटाले पछिल्लो नेपाल प्रहरीको महानिरीक्षक प्रकरणलाई लिएर व्यंग्यात्मक टिप्पणी गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत विगतका राजनीतिक घटनाक्रम र त्यसले विभिन्न राजनीतिक शक्तिमा पारेको प्रभाव उल्लेख गर्दै अहिलेको घटनाक्रममाथि प्रश्न उठाएका हुन् । बास्कोटाले लेखेका छन्, ‘अच्युत कृष्ण र धुर्व बहादुर रडाकोले एक दशक पुलिस थलियो र वामदेव लहडले एमालेलाई है है भो ।...

मध्यावधि निर्वाचनमा ट्रम्पलाई धक्का लाग्नुका पाँच कारण

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकालका लागि सन् २०२६ को मध्यावधि निर्वाचन ठूलो राजनीतिक चुनौती बनेको छ । निर्वाचनमा उनको दल रिपब्लिकन पार्टीले अपेक्षित सफलता हासिल गर्न नसक्दा डेमोक्र्याटिक पार्टीले अमेरिकी संसद्का दुवै सदन सिनेट र प्रतिनिधिसभामा बहुमत प्राप्त गरेको छ । यस परिणामले अमेरिकी राजनीतिक समीकरण परिवर्तन गर्नुका साथै ट्रम्पको बाँकी कार्यकालमा सरकारी नीति तथा...

नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।