तिब्बत पहिरो: ४३ जनाको मृत्यु पुष्टि, ५१९ जना अझै बेपत्ता

बेइजिङ, ४ भदाैं । चीनको दक्षिण-पश्चिममा रहेको सिजाङ (तिब्बत) स्वायत्त क्षेत्रस्थित गिरोङ काउन्टीमा गत अगस्ट २६ मा गएको भीषण पहिरोपछि खोजी तथा उद्धार कार्य तीव्र पारिएको छ।

प्राप्त पछिल्लो विवरण अनुसार पहिरोमा परी हालसम्म ४३ जनाको मृत्यु भएको पुष्टि भएको छ भने ५१९ जना अझै बेपत्ता रहेका छन्।

व्यापक रूपमा भइरहेको खोजी तथा उद्धार प्रयासका क्रममा दुई जनालाई जीवितै उद्धार गर्न सफलता मिलेको छ। प्रभावित क्षेत्रमा २३ वटा विभिन्न देशका २६१ जना विदेशी नागरिकहरू समेत परेको र उनीहरूको स्थिति अझै अज्ञात रहेको बताइएको छ।

घटनापछि चीन सरकारले उद्धार र राहत कार्यलाई तीव्रता दिएको छ। सुरुङभित्र खोज तथा उद्धार गर्न विशेष दक्षता हासिल गरेका विशेषज्ञ, डीएनए परीक्षण विज्ञ तथा आपत्कालीन उद्धार सामग्रीहरू नेपालतर्फ परिचालन गरिएको छ।

यसै गरी यातायात तथा पहुँच मार्ग सहज बनाउन चीनले ३२० टन बराबरको ‘बेली ब्रिज’ का पाटपुर्जाका साथै अन्य ठूलो मात्रामा राहत सामग्री उपलब्ध गराएको छ। प्रभावित क्षेत्रमा बेपत्ताहरूको खोजी कार्य निरन्तर जारी छ।

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।