रुस, युक्रेन र अमेरिकाबीच एक साताभित्र त्रिपक्षीय वार्ता हुने

र

काठमाडौं । रुस र युक्रेनबीच जारी युद्ध अन्त्य गर्ने प्रयासस्वरूप एक साताभित्र रुस, युक्रेन र अमेरिकाबीच त्रिपक्षीय वार्ता हुने भएको छ ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष प्रतिनिधि स्टिभ विटकफ र जेरेड कुश्नरसँग भएको छलफलपछि यस्तो जानकारी दिएका हुन् । उनीहरूबीच करिब डेढ घण्टा वार्ता भएको थियो ।

जेलेन्स्कीका अनुसार बेल्जियमको ब्रसेल्समा युक्रेनको पुनर्निर्माण र युद्धपछिको सुरक्षा प्रत्याभूतिबारे पनि अमेरिका, युरोपेली संघ, नेटो तथा विश्व बैंकका प्रतिनिधिसँग छलफल भएको छ ।

उनले रुसका आक्रमणबाट नागरिकको सुरक्षा गर्न अमेरिकी प्याट्रियट क्षेप्यास्त्र प्रणालीका प्रतिरक्षा सामग्री उपलब्ध गराउन पनि आग्रह गरेका छन् । युद्ध अन्त्यका लागि युक्रेन कूटनीतिक पहल अघि बढाउन तयार रहेको उनले बताएका छन् ।

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।