प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक, राजदूत नियुक्तिको सिफारिस हुन सक्ने

काठमाडौं । मन्त्रिपरिषद्को बैठक शुक्रबार बस्ने भएको छ। ​सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दिउँसो ३ बजे बैठक बस्न लागेको हो।

प्रधानमन्त्री वालेन्द्र शाह बालेनले विभिन्न २१ देशका राजदूत नियुक्तिको सिफारिसका लागि मन्त्रिपरिषद् बैठक बोलाएको स्रोतले बतायो । पाँच महिनादेखि झन्डै दुई दर्जन मुलुक राजदूतविहीन छन् । कम्तीमा १३ नियाेगमा राजदूत नियुक्तिकाे सिफारिस हुने छ ।

प्रधानमन्त्री बालेन असोज ६ गते संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन न्युयोर्क प्रस्थान गर्दैछन् । यस्तो अवस्थामा पनि अमेरिका, चीन, बेलायत, भारत जस्ता मुलुक राजदूतविहीन हुँदा नेपालको कूटनीतिक क्षमतामा नकारात्मक असर पुग्ने सम्भावना देखिएपछि सम्भवत: आजै रिक्त देशमा राजदूत नियुक्तिको सिफारिस हुने बताइन्छ । सरकारले भारतमा निश्चल पाण्डे, अमेरिकामा चिरनजंग थापा र चीनमा अमृत राईलाई राजदूत पठाउने सम्भावना रहेकाे स्राेतले बतायाे ।

प्रधानमन्त्री बालेन असोज ६ गते न्युयोर्क प्रस्थान गर्ने, असोज ९ गते संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गरेर भोलिपल्टै स्वदेश फर्किने कार्यक्रम छ । बालेनले अमेरिकामा राष्ट्रसंघका महासचिवसँग मात्र भेटवार्ता गर्ने कार्यक्रम छ ।

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।